BBL : प्लेअफ नखेली स्वदेश फर्कदै सन्दिप, यस्तो रह्यो प्रदर्शन

२०७८ माघ ६, बिहीबार १३:१६

अस्ट्रेलियामा जारि बिग ब्यास लिगको चौधौं खेल खेलेसंगै नेपाली रास्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने बिहिबार नेपाल फर्कदैछन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमले फेब्रुअरी १७ तारिख देखि ओमानमा टि-ट्वान्टी विश्वकप छनोट खेल्दैछ जसको तयारीको लागि सन्दिप बिग ब्यास लिगको आगामी खेल छाडेर स्वदेश फर्कन लागेका हुन्। उनि शुक्रबार नेपाल पुग्ने बताईएको छ।

बिग ब्यास लिगमा सन्दिपले प्रतिनिधित्व गरेको टिम होबार्ट हरिकेन्सले अंकतालिकामा पाँचौ स्थानमा रहँदै प्लेअफ चरणमा स्थान बनाउन सफल भैसकेको छ। होबार्टले १४ खेलमा ७ जित र ७ हार पछि २७ अंक बटुल्यो। होबार्टले शुक्रबार एडीलेड स्ट्राइकर्ससंग इलिमीनेटर खेल्दैछ।

 

बुधबार लिगको अन्तिम खेल खेलेपछि सन्दिपले आफ्नो समर्थकहरुलाई संदेश छोडेका छन्। उनले भनेका छन्- “हरिकेन्सको फ्यानहरु, म सन्दिप। दुर्भाग्यवस यो मेरो सिजनको अन्तिम खेल थियो। अर्को वर्ष उत्कृस्ट पुनरागमन गर्नेमा आशावादी छु। म नेपालमा रहेर आफ्नो टिमलाई फाइनलमा सपोर्ट गर्नेछु। नेपालमा रहेता पनि मेरो मुटु होबार्टमा हुनेछ। समर्थनको लागि सबैलाई धन्यवाद।”

कस्तो रह्यो सन्दिपको प्रदर्शन

सिजनको सुरुवात खेलहरुमा विकेट लिन संघर्ष गरेका सन्दिपलाई क्याचहरु र स्टम्पिंग छुट्दा प्रभावशाली सुरुवात हुन सकेको थिएन। उनले लिगको सुरुवाती ६ खेलमा मात्र २ विकेट लिन सकेका थिए। तर त्यसपछि उत्कृस्ट पुनरागमन गरेका उनले बाँकी ८ खेलमा १२ विकेट हात पारे। मेलबर्न रेनेगेड्स बिरुद्ध एकै खेलमा उनले ३ विकेट लिए। यस्तै एडीलेड, ब्रिसबेन, सिड्नी, मेलबर्न बिरुद्ध उनले दुई/दुई विकेट लिए।

कुल १४ खेल खेल्दा सन्दीपले १४ विकेटनै लिए। यस क्रममा उनले ७.७९ रन प्रतिओभर खर्चिए। प्रतियोगितामा धेरै विकेट लिने स्पिनरको सुचीमा उनि राशिद खान ( २० विकेट ) र एस्टन एगर ( १५ विकेट ) पछि तेश्रो स्थानमा रहे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy