‘आईसीसी टिम अफ द एअर’ : भारतीय खेलाडी छैनन् वानडे र टि-२० टिममा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो वर्षको तिन वटै फर्म्याटको क्रिकेटको ‘टिम अफ द एअर’ घोषणा गरेको छ।

आईसीसी द्वारा घोषित ‘एकदिवसीय अन्तर्राष्ट्रिय टिम अफ द एअर’ मा कुनै पनि भारत सहित, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड र वेस्टइन्डिजका कुनै पनि खेलाडीले स्थान बनाउन सकेनन्। बाबर आजम कप्तान रहेको टिममा आयरल्याण्डका दुई खेलाडी छन्। टिममा बंगलादेशका तिन जना, पाकिस्तान, दक्षिण अफ्रीका, आयरल्याण्ड, श्रीलंकाका दुई जना क्रिकेटरले स्थान बनाएका छन्।

आईसीसी टिम अफ द एअर ( एकदिवसीय अन्तर्राष्ट्रिय ) : पल स्टरलिंग ( आयरल्याण्ड ) , जानेमन मलान( दक्षिण अफ्रीका ), बाबर आजम ( पाकिस्तान ) , फखार जमान( पाकिस्तान ), रसि भान डर डुसेन ( दक्षिण अफ्रीका ) , शाकिब अल हसन ( बंगलादेश ) , मुश्फिकुर रहिम ( बंगलादेश ) , वानिन्दु हसरंगा ( श्रीलंका ) , मुस्तफिजुर रहमान( बंगलादेश ), सिमि सिंह( आयरल्याण्ड ), दुश्मन्था चमिरा ( श्रीलंका )

 

यस्तै आईसीसीको टेस्ट टिम अफ द एअरमा वर्ल्ड टेस्ट च्याम्पियनसिप विजेता न्युजिल्यान्डका केन विलियमसन कप्तान रहेका छन्। न्युजिल्यान्डका कायल जेमीसन टिममा छन्। भारत र पाकिस्तानका तिन जना तथा अस्ट्रेलिया, इंग्ल्यान्डका दुईजना तथा श्रीलंकाका एक जना टिममा छन्।

आईसीसी टेस्ट टिम अफ द एअर ( टेस्ट ) : दिमुथ करुनारत्ने( श्रीलंका ), रोहित शर्मा ( भारत ), मार्नस लाबूसेन( अस्ट्रेलिया ), जो रुट ( इंग्ल्यान्ड ), केन विलियमसन ( न्युजिल्यान्ड ), फवाद आलम ( पाकिस्तान ) , रिशभ पन्त ( विकेटकिपर , भारत ) , रभीचन्द्रन आश्विन( भारत ), कायल जेमीसन ( न्युजिल्यान्ड ), हसन अलि ( पाकिस्तान ) र शाहिन अफ्रिदी ( पाकिस्तान )

 

आईसीसीको टि-२० अन्तर्राष्ट्रिय टिमको कप्तानी पनि पाकिस्तानका बाबर आजमले पाएका छन् भने टिममा तिन जना पाकिस्तानी क्रिकेटर छन्। दक्षिण अफ्रीकाका पनि तिन खेलाडी टिममा हुँदा भारतका कुनै पनि खेलाडी टिममा छैनन्।

आईसीसी टि-२० टिम अफ द एअर ( टि-२० अन्तर्राष्ट्रिय ) :
 जोस बटलर ( इंग्ल्यान्ड ) , मोहम्मद रिजवान ( विकेटकिपर, पाकिस्तान ) , बाबर आजम ( कप्तान, पाकिस्तान ) , एडेन मारक्रम ( दक्षिण अफ्रीका ) , मिचेल मार्श ( अस्ट्रेलिया ), डेभिड मिलर ( दक्षिण अफ्रीका ), तब्रेज शाम्सी ( दक्षिण अफ्रीका ), जोश हेजलवुड( अस्ट्रेलिया ), वानिन्दु हसरंगा ( श्रीलंका ), मुस्तफिजुर रहमान ( बंगलादेश ), शाहिन अफ्रिदी ( पाकिस्तान )





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]