‘आईसीसी टिम अफ द एअर’ : भारतीय खेलाडी छैनन् वानडे र टि-२० टिममा

२०७८ माघ ६, बिहीबार १७:४५

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले यो वर्षको तिन वटै फर्म्याटको क्रिकेटको ‘टिम अफ द एअर’ घोषणा गरेको छ।

आईसीसी द्वारा घोषित ‘एकदिवसीय अन्तर्राष्ट्रिय टिम अफ द एअर’ मा कुनै पनि भारत सहित, अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड र वेस्टइन्डिजका कुनै पनि खेलाडीले स्थान बनाउन सकेनन्। बाबर आजम कप्तान रहेको टिममा आयरल्याण्डका दुई खेलाडी छन्। टिममा बंगलादेशका तिन जना, पाकिस्तान, दक्षिण अफ्रीका, आयरल्याण्ड, श्रीलंकाका दुई जना क्रिकेटरले स्थान बनाएका छन्।

आईसीसी टिम अफ द एअर ( एकदिवसीय अन्तर्राष्ट्रिय ) : पल स्टरलिंग ( आयरल्याण्ड ) , जानेमन मलान( दक्षिण अफ्रीका ), बाबर आजम ( पाकिस्तान ) , फखार जमान( पाकिस्तान ), रसि भान डर डुसेन ( दक्षिण अफ्रीका ) , शाकिब अल हसन ( बंगलादेश ) , मुश्फिकुर रहिम ( बंगलादेश ) , वानिन्दु हसरंगा ( श्रीलंका ) , मुस्तफिजुर रहमान( बंगलादेश ), सिमि सिंह( आयरल्याण्ड ), दुश्मन्था चमिरा ( श्रीलंका )

 

यस्तै आईसीसीको टेस्ट टिम अफ द एअरमा वर्ल्ड टेस्ट च्याम्पियनसिप विजेता न्युजिल्यान्डका केन विलियमसन कप्तान रहेका छन्। न्युजिल्यान्डका कायल जेमीसन टिममा छन्। भारत र पाकिस्तानका तिन जना तथा अस्ट्रेलिया, इंग्ल्यान्डका दुईजना तथा श्रीलंकाका एक जना टिममा छन्।

आईसीसी टेस्ट टिम अफ द एअर ( टेस्ट ) : दिमुथ करुनारत्ने( श्रीलंका ), रोहित शर्मा ( भारत ), मार्नस लाबूसेन( अस्ट्रेलिया ), जो रुट ( इंग्ल्यान्ड ), केन विलियमसन ( न्युजिल्यान्ड ), फवाद आलम ( पाकिस्तान ) , रिशभ पन्त ( विकेटकिपर , भारत ) , रभीचन्द्रन आश्विन( भारत ), कायल जेमीसन ( न्युजिल्यान्ड ), हसन अलि ( पाकिस्तान ) र शाहिन अफ्रिदी ( पाकिस्तान )

 

आईसीसीको टि-२० अन्तर्राष्ट्रिय टिमको कप्तानी पनि पाकिस्तानका बाबर आजमले पाएका छन् भने टिममा तिन जना पाकिस्तानी क्रिकेटर छन्। दक्षिण अफ्रीकाका पनि तिन खेलाडी टिममा हुँदा भारतका कुनै पनि खेलाडी टिममा छैनन्।

आईसीसी टि-२० टिम अफ द एअर ( टि-२० अन्तर्राष्ट्रिय ) :
 जोस बटलर ( इंग्ल्यान्ड ) , मोहम्मद रिजवान ( विकेटकिपर, पाकिस्तान ) , बाबर आजम ( कप्तान, पाकिस्तान ) , एडेन मारक्रम ( दक्षिण अफ्रीका ) , मिचेल मार्श ( अस्ट्रेलिया ), डेभिड मिलर ( दक्षिण अफ्रीका ), तब्रेज शाम्सी ( दक्षिण अफ्रीका ), जोश हेजलवुड( अस्ट्रेलिया ), वानिन्दु हसरंगा ( श्रीलंका ), मुस्तफिजुर रहमान ( बंगलादेश ), शाहिन अफ्रिदी ( पाकिस्तान )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy