नेपाली टिमले एक साथ मनायो सोमपाल र कुशलको जन्मदिन ( फोटो फिचर सहित )

टि-ट्वान्टी विश्वकप छनोटको लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रीय क्रिकेट टिमले सोमबार सोमपाल कामि र कुशल भुर्तेलको जन्मदिन एकसाथ मनाएको छ।

कोभिड-१९ भएका कारण कुशलले जनवरी २३ तारिखमा जन्मदिन मनाउन पाएका थिएनन् त्यसैले निको भएपछि सोमपालसंगै टिमले उनको पनि जन्मदिन मनाएको हो।

विश्वकप छनोटको लागि घोषित १६ सदस्यीय टिममा नरहेता पनि सोमपाल आइतबार देखि अभ्यासमा सामेल भएका छन्। विश्वकप छनोट लगत्तै नेपालले युएईमा विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने हुँदा सोमपाल सहित अन्य खेलाडीहरु पनि प्रशिक्षणमा सामेल छन्। बिनोद भण्डारी, बिक्रम सोब, सागर ढकाल, गुल्सन झा, सुशन भारि, पवन सर्राफ, रोहित पौडेल पनि टिमसंग नियमित अभ्यास गरिरहेका छन्।

कोभिड-१९ संक्रमित कप्तान सन्दिप लामिछाने सहित लोकेश बम, आरिफ शेख, शाहब आलम भने जन्मदिन मनाउने क्रममा टिमसंग थिएनन्। उनीहरु आइसोलेसनमा छन्।

फोटोहरुमा हेर्नुस कसरि मनाइयो कुशल र सोमपालको जन्मदिन





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]