नेपाली टिमले एक साथ मनायो सोमपाल र कुशलको जन्मदिन ( फोटो फिचर सहित )

टि-ट्वान्टी विश्वकप छनोटको लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रीय क्रिकेट टिमले सोमबार सोमपाल कामि र कुशल भुर्तेलको जन्मदिन एकसाथ मनाएको छ।

कोभिड-१९ भएका कारण कुशलले जनवरी २३ तारिखमा जन्मदिन मनाउन पाएका थिएनन् त्यसैले निको भएपछि सोमपालसंगै टिमले उनको पनि जन्मदिन मनाएको हो।

विश्वकप छनोटको लागि घोषित १६ सदस्यीय टिममा नरहेता पनि सोमपाल आइतबार देखि अभ्यासमा सामेल भएका छन्। विश्वकप छनोट लगत्तै नेपालले युएईमा विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने हुँदा सोमपाल सहित अन्य खेलाडीहरु पनि प्रशिक्षणमा सामेल छन्। बिनोद भण्डारी, बिक्रम सोब, सागर ढकाल, गुल्सन झा, सुशन भारि, पवन सर्राफ, रोहित पौडेल पनि टिमसंग नियमित अभ्यास गरिरहेका छन्।

कोभिड-१९ संक्रमित कप्तान सन्दिप लामिछाने सहित लोकेश बम, आरिफ शेख, शाहब आलम भने जन्मदिन मनाउने क्रममा टिमसंग थिएनन्। उनीहरु आइसोलेसनमा छन्।

फोटोहरुमा हेर्नुस कसरि मनाइयो कुशल र सोमपालको जन्मदिन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy