कर्पोरेट लिग आयोजना हुने

२०७८ माघ २६, बुधबार १७:५२

ग्रेट हिमालय स्पोर्ट्स म्यानेजमेन्टको आयोजना र ग्रेट हिमालय क्रिकेट एकेडेमीको सहकार्यमा फाल्गुन १८ देखि २१ गते सम्म पहिलो इन्डोर कर्पोरेट लिग क्रिकेट आयोजना हुने भएको छ।

प्रतियोगितामा १६ कर्पोरेट टिमहरु सहभागी हुनेछन्। खेल १०/१० ओभर इनिंग्सको हुनेछ भने ८ जना खेलाडीहरु प्लेयिंग सेटमा हुनेछन्। ललितपुरको हात्तीबन स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको क्रिक्सलमा प्रतियोगिताको खेलहरु हुनेछन्।

सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारण हुने जसलाई खेलस्थलमा एलईडी स्क्रिनमा समेत देखाईने हिमालय स्पोर्ट्स म्यानेजमेन्टका बोर्ड मेम्बर समिर राज पाण्डेले जानकारी गराए। लिग कम नकआउट प्रतियोगितामा कुल २७ खेलहरु हुनेछन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy