चार्टर्ड क्रिकेट लिग : तेश्रो दिन टिम एचबिए र बिज ग्लाईडर्सको जित

२०७८ माघ २६, बुधबार २२:४२

काठमाडौँको मुलपानी स्थित मुलपानी क्रिकेट मैदानमा जारि दोश्रो चार्टर्ड क्रिकेट लिग अन्तर्गत तेश्रो दिनको खेलमा बिज ग्लाईडर्स र टिम एचबिए विजयी भएका छन्।

दिनको पहिलो खेलमा टिम एचबिएले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा एपीए एभेन्जर्सलाई ४३ रनले पराजित गर्यो। टिम एचबिएले दिएको १३३ रनको लक्ष्य पछ्याएको एभेन्जर्सले ८३ रनमा सम्पूर्ण विकेट गुमायो। एभेन्जर्सको लागि बिबेक चौधरीले २४ तथा शिभम अर्यालले १७ रन योगदान दिए। एचबिएका पंकज शाहले ४ तथा हर्षल भण्डारीले ३ विकेट लिए।

यस अघि टिम एचबिएले २० ओभरमा ७ विकेट क्षेतीमा १२६ रन बनाएको थियो। उसको लागि अमुल रावलले ४१ तथा रोहित पाठकले ३२ रन बनाए। एपीए एभेन्जर्सका बिनोद भुसालले ३ तथा अच्युत पाण्डेले २ विकेट लिए। प्लेयर अफ द म्याच पंकज शाह घोषित भए।

दिनको दोश्रो खेलमा ब्लिज ग्लाईडर्सले द न्युबाईजलाई २९ रनले पराजित गर्यो।  ब्लिज ग्लाईडर्सले दिएको १३३ रनको लक्ष्य पछ्याएको न्युबाईजले १९.४ ओभरमा १०३ रन मात्र बनाउन सक्यो। न्युबाईजको लागि मनिष शर्माले २० तथा संजन श्रेष्ठले १९ रन योगदान दिए। ग्लाईडर्सका बलर रबिन दुलालले ४ तथा प्रभाकर ठाकुरले २ विकेट लिए।

यस अघि ब्लिज ग्लाईडर्सले २० ओभरमा ९ विकेट क्षेतीमा १३२ रन बनाएको थियो। उसको लागि प्रभाकर ठाकुरले ३९ तथा कहानी राउतले ३२ रन बनाए। न्युबाईजका बलर प्रमाण नेपालले २ तथा सन्तोष थापाले १ विकेट लिए। प्लेयर अफ द म्याच प्रभाकर ठाकुर घोषित भए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy