चार्टर्ड क्रिकेट लिग : तेश्रो दिन टिम एचबिए र बिज ग्लाईडर्सको जित

काठमाडौँको मुलपानी स्थित मुलपानी क्रिकेट मैदानमा जारि दोश्रो चार्टर्ड क्रिकेट लिग अन्तर्गत तेश्रो दिनको खेलमा बिज ग्लाईडर्स र टिम एचबिए विजयी भएका छन्।

दिनको पहिलो खेलमा टिम एचबिएले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा एपीए एभेन्जर्सलाई ४३ रनले पराजित गर्यो। टिम एचबिएले दिएको १३३ रनको लक्ष्य पछ्याएको एभेन्जर्सले ८३ रनमा सम्पूर्ण विकेट गुमायो। एभेन्जर्सको लागि बिबेक चौधरीले २४ तथा शिभम अर्यालले १७ रन योगदान दिए। एचबिएका पंकज शाहले ४ तथा हर्षल भण्डारीले ३ विकेट लिए।

यस अघि टिम एचबिएले २० ओभरमा ७ विकेट क्षेतीमा १२६ रन बनाएको थियो। उसको लागि अमुल रावलले ४१ तथा रोहित पाठकले ३२ रन बनाए। एपीए एभेन्जर्सका बिनोद भुसालले ३ तथा अच्युत पाण्डेले २ विकेट लिए। प्लेयर अफ द म्याच पंकज शाह घोषित भए।

दिनको दोश्रो खेलमा ब्लिज ग्लाईडर्सले द न्युबाईजलाई २९ रनले पराजित गर्यो।  ब्लिज ग्लाईडर्सले दिएको १३३ रनको लक्ष्य पछ्याएको न्युबाईजले १९.४ ओभरमा १०३ रन मात्र बनाउन सक्यो। न्युबाईजको लागि मनिष शर्माले २० तथा संजन श्रेष्ठले १९ रन योगदान दिए। ग्लाईडर्सका बलर रबिन दुलालले ४ तथा प्रभाकर ठाकुरले २ विकेट लिए।

यस अघि ब्लिज ग्लाईडर्सले २० ओभरमा ९ विकेट क्षेतीमा १३२ रन बनाएको थियो। उसको लागि प्रभाकर ठाकुरले ३९ तथा कहानी राउतले ३२ रन बनाए। न्युबाईजका बलर प्रमाण नेपालले २ तथा सन्तोष थापाले १ विकेट लिए। प्लेयर अफ द म्याच प्रभाकर ठाकुर घोषित भए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]