सन्दिपलाई पछि पार्दै यी बलरले जिते उत्कृस्ट एसोसिएट बलिंग अवार्ड

नेपाली राष्ट्रिय टिमका कप्तान लेग स्पिनर सन्दिप लामिछानेलाई पछि पार्दै नामिबियाका देब्रे हाते पेसर रुबेन ट्रंपलम्यान ‘ईएसपीएन क्रिक्इन्फो अवार्ड २०२१’ को उत्कृस्ट एसोसिएट बलिंग अवार्ड प्राप्त गरेका छन्।

२३ वर्षीय ट्रंपलम्यानले टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा स्कटल्याण्ड बिरुद्ध मात्र १७ रन खर्चेर ३ विकेट लिंदै जितमा अहम योगदान दिएका थिए। स्कटल्याण्डको पहिलो तिन जना ब्याट्सम्यानलाई खाता नखोली पहिलो ओभरमै उनले पेभेलियन फर्काएका थिए।

अवार्ड घोषणा गर्दा ईएसपीएनक्रिक्इन्फोले सन्दिप लामिछाने र जेजे स्मितलाई नजिकको प्रतिस्पर्धीको रुपमा इंगित गरेको छ। सन्दिपले पपुवा न्यु गिनी बिरुद्ध गत वर्ष एकदिवसीय सिरिजको दोश्रो खेलमा मात्र ११ रन खर्चेर ६ विकेट लिएका थिए जुन उक्त वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै उत्कृस्ट स्पेल थियो। जेजे स्मिथले विश्वकप लिग-२ अन्तर्गत ओमान बिरुद्ध २६ रन खर्चेर ५ विकेट लिएका थिए।

 

कसले के अवार्ड जिते :

पुरुष टेस्ट ब्याटिंग : रिशभ पन्त ( ८९* बिरुद्ध अस्ट्रेलिया )
पुरुष टेस्ट बलिंग : कायल जेमीसन ( ५ विकेट बिरुद्ध भारत )
पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिंग : फखर जमान ( १९३ बिरुद्ध दक्षिण अफ्रीका )
पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय बलिंग : सकिब महमुद ( ४ विकेट बिरुद्ध पाकिस्तान )
पुरुष टि-२० अन्तर्राष्ट्रिय ब्याटिंग : जोस बटलर ( १०१* बिरुद्ध श्रीलंका )
पुरुष टि-२० अन्तर्राष्ट्रिय बलिंग : शाहिन अफ्रिदी ( ३ विकेट बिरुद्ध भारत )
महिला ब्याटिंग : बेथ मुनि ( १२५* बिरुद्ध भारत )
महिला बलिंग : केट क्रस ( ५ विकेट बिरुद्ध भारत )
एसोसिएट ब्याटिंग : जेरार्ड इरास्मस ( ५३* बिरुद्ध आयरल्याण्ड )
एसोसिएट बलिंग : रुबेन ट्रंपलम्यान ( ३ विकेट बिरुद्ध स्कटल्याण्ड )
वर्षको डेब्युटेन्ट : ओली रोविन्सन
वर्षको कप्तान : केन विलियमसन





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]