सन्दिपलाई पछि पार्दै यी बलरले जिते उत्कृस्ट एसोसिएट बलिंग अवार्ड

नेपाली राष्ट्रिय टिमका कप्तान लेग स्पिनर सन्दिप लामिछानेलाई पछि पार्दै नामिबियाका देब्रे हाते पेसर रुबेन ट्रंपलम्यान ‘ईएसपीएन क्रिक्इन्फो अवार्ड २०२१’ को उत्कृस्ट एसोसिएट बलिंग अवार्ड प्राप्त गरेका छन्।

२३ वर्षीय ट्रंपलम्यानले टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरणमा स्कटल्याण्ड बिरुद्ध मात्र १७ रन खर्चेर ३ विकेट लिंदै जितमा अहम योगदान दिएका थिए। स्कटल्याण्डको पहिलो तिन जना ब्याट्सम्यानलाई खाता नखोली पहिलो ओभरमै उनले पेभेलियन फर्काएका थिए।

अवार्ड घोषणा गर्दा ईएसपीएनक्रिक्इन्फोले सन्दिप लामिछाने र जेजे स्मितलाई नजिकको प्रतिस्पर्धीको रुपमा इंगित गरेको छ। सन्दिपले पपुवा न्यु गिनी बिरुद्ध गत वर्ष एकदिवसीय सिरिजको दोश्रो खेलमा मात्र ११ रन खर्चेर ६ विकेट लिएका थिए जुन उक्त वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटकै उत्कृस्ट स्पेल थियो। जेजे स्मिथले विश्वकप लिग-२ अन्तर्गत ओमान बिरुद्ध २६ रन खर्चेर ५ विकेट लिएका थिए।

 

कसले के अवार्ड जिते :

पुरुष टेस्ट ब्याटिंग : रिशभ पन्त ( ८९* बिरुद्ध अस्ट्रेलिया )
पुरुष टेस्ट बलिंग : कायल जेमीसन ( ५ विकेट बिरुद्ध भारत )
पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय ब्याटिंग : फखर जमान ( १९३ बिरुद्ध दक्षिण अफ्रीका )
पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय बलिंग : सकिब महमुद ( ४ विकेट बिरुद्ध पाकिस्तान )
पुरुष टि-२० अन्तर्राष्ट्रिय ब्याटिंग : जोस बटलर ( १०१* बिरुद्ध श्रीलंका )
पुरुष टि-२० अन्तर्राष्ट्रिय बलिंग : शाहिन अफ्रिदी ( ३ विकेट बिरुद्ध भारत )
महिला ब्याटिंग : बेथ मुनि ( १२५* बिरुद्ध भारत )
महिला बलिंग : केट क्रस ( ५ विकेट बिरुद्ध भारत )
एसोसिएट ब्याटिंग : जेरार्ड इरास्मस ( ५३* बिरुद्ध आयरल्याण्ड )
एसोसिएट बलिंग : रुबेन ट्रंपलम्यान ( ३ विकेट बिरुद्ध स्कटल्याण्ड )
वर्षको डेब्युटेन्ट : ओली रोविन्सन
वर्षको कप्तान : केन विलियमसन

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy