चार देशीय सिरिज : नेपाल आज ओमानसंग खेल्दै, कहाँ हेर्ने लाइभ ?

ओमान भरण अन्तर्गत चार देश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले आज घरेलु टिम ओमानको सामना गर्दैछ। सिरिजमा नेपाल र आयोजक ओमान सहित आयरल्याण्ड र युएई समावेश छन्। फेब्रुअरी १७ तारिख देखि सुरु हुने टि-ट्वान्टी विश्वकपको तयारी स्वरूप यो सिरिज खेल्न लागिएको हो।

नेपाल र ओमान बीचको खेल नेपाली समय बेलुका ३:४५ बजे सुरु हुनेछ। खेल ओमानको अल अमिरात मैदानमा हुनेछ। खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ भने युट्युबमा OsrSports तथा दराज एप बाट समेत हेर्न सकिनेछ। यस्तै फेसबुकमा Sports Eye तथा युट्युबमा CricTracker च्यानलबाट समेत प्रत्यक्ष प्रशारण हेर्न सकिने बताईएको छ।

गत वर्ष अप्रिलमा नेपालमा आयोजित नेदरल्याण्ड र मलेसियासंगको त्रिकोणात्मक टि-ट्वान्टी सिरिज पछि नेपालले पहिलो पटक टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्न लागेको हो। ओमानले पनि गत वर्ष अक्टोबरमा घरेलु भूमिमा आयोजित टि-ट्वान्टी विश्वकप खेलेपछि पहिलो पटक टि-२० फर्म्याटमा खेल्न लागेको हो। प्रशिक्षक पुबुदु दासानायेके नेपालको प्रशिक्षकमा फर्किएपछि उनको प्रशिक्षणमा यो पहिलो प्रतियोगिता समेत हो।

लामो समय पछि टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको नेपालले यो सिरिजमा नयाँ प्रयोगहरु गर्नेछ। टिममा भित्रिएका नयाँ अनुहारहरु बिबेक यादव, लोकेश बम, सागर ढकालले मौका पाउन सक्नेछन्। यस्तै ७ वर्ष पछि टिममा पुनरागमन गरेका फास्ट बलर जितेन्द्र मुखियाको प्रदर्शन पनि हेर्न लायक हुनेछ। नेपालको ब्याटिंग क्रम कस्तो हुनेछ पनि प्रतीक्षाको विषय छ।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा ओमान १७ औं स्थानमा छ भने नेपाल १२ औं स्थानमा छ। वरियतामा नेपाल माथि भएता पनि घरेलु भूमि तथा टि-ट्वान्टी विश्वकपको अनुभवले ओमानलाई बलियो टिम मानिन्छ। तर भर्खरै ओमनामा आयोजित विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा युएईसंग २-० ले पराजित भएपछि ओमानले थोरै आत्मविश्वास भने गुमाएको छ।

पछिल्लो भेट : नेपाल र ओमान बीच हालसम्म एक पटक मात्र टि-ट्वान्टी अन्तर्राष्ट्रियमा भेट भएको छ। २०१९ मा ओमानमा आयोजित पाँच देश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल ओमानसंग ६ विकेटले पराजित भएको थियो। अल अमिरात मैदानमा टस हारेर ब्याटिंग गरेको नेपालले ६४ रन मात्र बनाउन सकेपछि सामान्य लक्ष्य ओमानले ४ विकेट क्षेतीमा भेटाएको थियो। ओमानका देब्रे हाते स्पिनर आमिर कलिमले ५ विकेट तथा बिलाल खानले २ विकेट लिएपछि नेपालको इनिंग्स धरासायी बनेको थियो। ब्याटिंगमा सुरज कुमारले अविजित ४२ रन बनाएका थिए। करन केसीले २ तथा सन्दिप लामिछाने र सोमपाल कामिले १/१ विकेट लिंदा २७ रनमा ४ विकेट गुमाएता पनि त्यसपछि ओमानले विकेट नगुमाई लक्ष्य पुरा गरेको थियो।

ओमान टिम : जिशान मक्सुद ( कप्तान ) , जतिन्दर सिंह, कश्यप प्रजापति, शोयब खान, मोहम्मद नदीम, आयान खान, नेस्टर धाम्बा, सन्दिप गौड, नसिम खुसि ( विकेटकिपर ) , खवर अलि, आमिर कलिम, फयाज बट, कलेमुल्लाह, बिलाल खान, खुर्रम नवाज

नेपाल टिम : सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र मुखिया, विवेक यादव, लोकेश बम र सागर ढकाल





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]