राजु र खगेन्द्रको कप्तानीमा चटकपुर स्पोर्टस क्लब नेपाल र सत्यवती एकेडेमीको टोलि घोषणा, दुई टोलिबीच एकमात्र टी-२० खेल हुने

चटकपुर स्पोर्टस क्लब नेपालको आयोजना तथा शैलेश्वरी पुस्तक पसलको प्रायोजनमा भोलि हुने चटकपुर स्पोर्टस क्लब नेपाल र अत्तरियाको सत्यवती एकेडेमीबीचको एकमात्र टी-२० खेलको लागि राजु रिजाल र खगेन्द्र जोशीको कप्तानीमा दुबै टोलिको खेलाडी घोषणा भएको सिरिज  संयोजक दिपक रावलले जानकारी दिएका छन् ।

खेल भोलि बिहान ९:३० बजे धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ ।

यहि फाल्गुन २ गतेदेखि लिटिल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा हुने छैटौं संस्करणको धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग यु-१९ विद्यालयस्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगितामा सहभागी अत्तरियाको सत्यवती एकेडेमीको अभ्यासको लागि उक्त सिरिजको आयोजना गरिएको क्लवका सचीव लोकेश जोशीले बताए ।

चटकपुर स्पोर्टस क्लब  नेपालको टोलि : राजु रिजाल( कप्तान ),राजन सिंह( विकेटकिपर ),योगेश भाट,सन्दिप बिष्ट,सुबोध ऐर,आयुव चन्द,सागर भण्डारी,धर्मराज जोशी,भोजराज भट्ट,अभिशेक मल्ल,अभिशेक कुँवर,क्रिस एयर, दिपक ओड र शुदांशु रावल रहेका छन्।

टिम प्रशिक्षकको रुपमा लोकेश जोशी रहेका छन् भने टोलिको व्यवस्थापकमा दिपक रावल छन् ।

सत्यवती एकेडेमी अत्तरिया : खगेन्द्र जोशी( कप्तान, विकेटकिपर),सन्दिप खत्री क्षेत्री,सन्तोष कार्की,आदिल अन्सारी,सुजन गौतम,निरज भट्ट,कैलाश भट्टराई,महेश्वर धामी,आशिष गुप्ता,आशिष महरा,पवन मल्ल,दिलिप ठकुराठी,युवराज खत्री र वसन्त सुबेदी रहेका छन्।

टिम प्रशिक्षकमा भुवन केसी रहेका छन् भने टोलिका व्यवस्थापक रमेश कडायत र टिम मेन्टरमा रजत शाही छन् ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]