सहज रन आउट नगर्दै खेल भावना देखाएका आसिफको चौतर्फी तारिफ ( ट्वीटर प्रतिक्रियाहरु सहित )

२०७८ फाल्गुन ३, मंगलवार १४:१७

ओमानमा सम्पन्न चार देशीय टि-ट्वान्टी सिरिजको तेश्रो तथा अन्तिम खेलमा नेपाली टिमका विकेटकिपर आसिफ शेखले खेल भावनाको उच्चतम नामुना प्रस्तुत गरेका छन्। आसिफले देखाएको खेल भावनाको क्रिकेट जगतमा तारिफ भएको छ।

खेलको उन्नाईसौं ओभरको दोश्रो बलमा कमल सिंह ऐरीले मार्क अडेरलाई बलिंग गर्दा उक्त घटना घटेको थियो जसको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ।

रन लिने क्रममा नन स्ट्राइकमा रहेका एन्डी म्याकब्रायन बल समात्न दौडेका कमल सिंह ऐरीसंग ठोकिएर लड्न पुगे। म्याकब्रायन उठेर क्रिजतर्फ जाने प्रयास गर्दा कमलले बल समातेर विकेटकिपर आसिफलाई फाले। आसिफले बल समात्दा म्याकब्रायन क्रिजबाट २ मिटर टाढा थिए तर आसिफले सहजै हुन सक्ने रन आउट गरेनन् र म्याकब्रायनले रन पुरा गरे। म्याकब्रायनको विकेट नेपालको लागि निकै महत्वपूर्ण थियो जसले उक्त घटना पछिको बलमा कमललाई छक्का प्रहार गरे र ७ बलमा ११ रन बनाए।

आसिफले खेल भावनाको उत्तम नमुना प्रस्तुत गरेपछि टिभी कमेन्टेटरले उनको खुलेर तारिफ गरेका थिए – “आसिफ शेख ‘टेक अ बो’ हामि क्रिकेटमा खेल भावना ( स्पिरिट अफ क्रिकेट ) कहाँ गयो भनेर कुरा गर्छौं र तपाईले यहाँ देख्न सक्नुहुन्छ। कमल सिंह ऐरीले अन्जानमा म्याकब्रायनलाई लडाएका थिए। उनले रन आउट गर्न सक्थे तर आसिफ शेखले ‘नो’ म यो काम गर्दिन भन्दै खेल भावना देखाए।”

आसिफले खेल भावना प्रस्तुत गरेपछि सामाजिक संजालमा आसिफ शेखको निकै तारिफ भएको छ। खेलको प्रत्यक्ष प्रशारण गरिरहेको फ्यानकोडले उक्त घटनाको क्लिप्सलाई आफ्नो ट्वीटरमा राखेर आसिफको तारिफ गर्दै ‘स्पिरिट अफ क्रिकेट’ लेखेको छ। हेर्नुस घटना पछि आसिफको तारिफमा ट्वीटरमा आएका प्रतिक्रियाहरु –

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy