सहज रन आउट नगर्दै खेल भावना देखाएका आसिफको चौतर्फी तारिफ ( ट्वीटर प्रतिक्रियाहरु सहित )

ओमानमा सम्पन्न चार देशीय टि-ट्वान्टी सिरिजको तेश्रो तथा अन्तिम खेलमा नेपाली टिमका विकेटकिपर आसिफ शेखले खेल भावनाको उच्चतम नामुना प्रस्तुत गरेका छन्। आसिफले देखाएको खेल भावनाको क्रिकेट जगतमा तारिफ भएको छ।

खेलको उन्नाईसौं ओभरको दोश्रो बलमा कमल सिंह ऐरीले मार्क अडेरलाई बलिंग गर्दा उक्त घटना घटेको थियो जसको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ।

रन लिने क्रममा नन स्ट्राइकमा रहेका एन्डी म्याकब्रायन बल समात्न दौडेका कमल सिंह ऐरीसंग ठोकिएर लड्न पुगे। म्याकब्रायन उठेर क्रिजतर्फ जाने प्रयास गर्दा कमलले बल समातेर विकेटकिपर आसिफलाई फाले। आसिफले बल समात्दा म्याकब्रायन क्रिजबाट २ मिटर टाढा थिए तर आसिफले सहजै हुन सक्ने रन आउट गरेनन् र म्याकब्रायनले रन पुरा गरे। म्याकब्रायनको विकेट नेपालको लागि निकै महत्वपूर्ण थियो जसले उक्त घटना पछिको बलमा कमललाई छक्का प्रहार गरे र ७ बलमा ११ रन बनाए।

आसिफले खेल भावनाको उत्तम नमुना प्रस्तुत गरेपछि टिभी कमेन्टेटरले उनको खुलेर तारिफ गरेका थिए – “आसिफ शेख ‘टेक अ बो’ हामि क्रिकेटमा खेल भावना ( स्पिरिट अफ क्रिकेट ) कहाँ गयो भनेर कुरा गर्छौं र तपाईले यहाँ देख्न सक्नुहुन्छ। कमल सिंह ऐरीले अन्जानमा म्याकब्रायनलाई लडाएका थिए। उनले रन आउट गर्न सक्थे तर आसिफ शेखले ‘नो’ म यो काम गर्दिन भन्दै खेल भावना देखाए।”

आसिफले खेल भावना प्रस्तुत गरेपछि सामाजिक संजालमा आसिफ शेखको निकै तारिफ भएको छ। खेलको प्रत्यक्ष प्रशारण गरिरहेको फ्यानकोडले उक्त घटनाको क्लिप्सलाई आफ्नो ट्वीटरमा राखेर आसिफको तारिफ गर्दै ‘स्पिरिट अफ क्रिकेट’ लेखेको छ। हेर्नुस घटना पछि आसिफको तारिफमा ट्वीटरमा आएका प्रतिक्रियाहरु –





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]