ओमान बिरुद्ध जितमा नेपालको नयाँ कीर्तिमान, मल्ल बने सर्वाधिक टि-२० अन्तर्राष्ट्रिय खेल्ने नेपाली खेलाडी

Nepal vs Oman

टि-ट्वान्टी विश्वकप छनोट अन्तर्गत ओमान बिरुद्ध पहिलो खेलमा जित दर्ता गर्दा नेपाली क्रिकेट टिमले नयाँ कीर्तिमान बनाएको छ। खेलमा नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो र ३९ रनको जित दर्ता गर्यो। खेलको क्रममा बनेका कीर्तिमानहरुलाई यो लेखमा समेटेका छौँ –

– ११७ रन टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले रक्षा गरेको सबैभन्दा कम योगफल हो। यस अघि नेपालले रक्षा गरेको सबैभन्दा कम योगफल १४१ रन थियो। सन् २०१४ को टि-ट्वान्टी विश्वकपमा नेपालले अफगानिस्तानलाई पराजित गर्दा नेपालले पहिले ब्याटिंग गदै १४१ रन बनाएको थियो र प्रतिउत्तरमा ब्याटिंग गरेको अफगानिस्तानले १३२ रन मात्र बनाउन सकेको थियो।

– ज्ञानेन्द्र मल्ल नेपालको लागि सबैभन्दा धेरै टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल्ने खेलाडी बनेका छन्। ओमान बिरुद्ध ३६ औं टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेका मल्लले ३५ खेल खेलेका बिनोद भण्डारीलाई उछिनेका हुन्। करन केसी, पारस खड्का र सोमपाल कामिले समान ३३ खेल खेलेका छन्। दिपेन्द्र ऐरीले ३० सन्दिप लामिछानेले २९ तथा अविनाश बोहराले २७ खेल खेलेका छन्। पूर्वकप्तान मल्लले सन् २०१४ टि-२० विश्वकपमा हंगकंग बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। ज्ञानेन्द्र सन्दिप लामिछाने संगै सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने नेपाली खेलाडी समेत हुन्। दुवैले समान १६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन्।

– खेलमा ओमानले बनाएको ७८ रन नेपाल बिरुद्ध टि-२० अन्तर्राष्ट्रियमा कुनै पनि टिमले बनाएको तेश्रो कम योगफल हो। यस्तै ओमानको नेपाल बिरुद्ध यो सबैभन्दा कम योगफल हो। ओमान भन्दा कम योगफलमा नेपाल बिरुद्ध समेटिने टिम थाइल्याण्ड ( ६६ ) र हंगकंग ( ६९ ) हो।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]