मार्चमा नेपाली क्रिकेट टिमको व्यस्त खेल तालिका, दुईवटा सिरिज खेल्ने

ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट ग्लोबल प्रतियोगिता खेलीरहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आगामी महिना मार्चमा पनि व्यस्त रहने भएको छ।

नेपाल क्रिकेट संघले सामाजिक संजाल मार्फत आइतबार पपुवा न्यु गिनी र मलेसियासंग त्रिकोणात्मक सिरिज खेल्ने घोषणा गरेको छ। मार्च महिनामा नेपालले विश्वकप लिग-२ अन्तर्गतको सिरिज समेत खेल्ने तालिका छ।

खेलनेपाल श्रोतका अनुसार नेपालले मलेसिया र पपुवा न्यु गिनीसंग मार्चको अन्तिममा त्रिकोणात्मक टि-ट्वान्टी सिरिज हुनेछ। गत वर्ष नेदरल्याण्ड र मलेसियासंगको टि-ट्वान्टी सिरिजकै फर्म्याटमा सिरिज आयोजना हुन सक्नेछ। टि-ट्वान्टी सिरिज बाहेक नेपालले पपुवा न्यु गिनीसंग एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत खेल्ने सम्भावना छ। क्यानले आज भोलिमै सिरिज बारे अधिकारिक जानकारी गराउने बताईएको छ।

गत वर्ष अक्टोबरमा ओमान र युएईमा आयोजित टि-ट्वान्टी विश्वकपमा सहभागी पपुवा न्यु गिनी टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा १९ औं स्थानमा छ। विश्वकपमा पपुवा न्यु गिनी बंगलादेश, स्कटल्याण्ड र ओमानसंग सबै तिन खेलमा पराजित हुँदै पहिलो चरणबाट बाहिर भएको थियो। मलेसिया वरियताको ३३ औं स्थानमा छ। पपुवा न्यु गिनीले पहिलो पटक नेपालमा कुनै सिरिज या प्रतियोगिता खेल्न लागेको हो।

मलेसिया र पपुवा न्यु गिनीसंग त्रिकोणात्मक सिरिज अघि नेपालले मार्चको दोश्रो साता युएईमा विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज समेत खेल्नेछ। मार्च १६ तारिख देखि ( अधिकारिक रुपमा घोषणा हुन बाँकी ) युएईमा त्रिकोणात्मक सिरिज सकिएपछि नेपालले मलेसिया र पपुवा न्यु गिनीसंग सिरिज खेल्नेछ।

विश्वकप लिग-२ अन्तर्गत नेपालले हालसम्म मात्र ८ वटा खेल खेलेको छ जसमा ४ जित र ४ हार बेहोर्दै ८ अंक सहित छैठौं स्थानमा छ। पपुवा न्यु गिनी र युएईसंग नेपालले पहिलो सिरिज खेल्न लागेको हो। लिग-२ अंकतालिकामा युएई १० खेलमा ५ जित र ३ हार पछि १२ अंक सहित चौंथो स्थानमा छ भने पपुवा न्यु गिनी सबै १२ खेल हार्दै पुछारमा सातौं स्थानमा छ। ओमान २३ खेलमा ३० अंक सहित पहिलो, स्कटल्याण्ड १२ खेलमा १६ अंक सहित दोश्रो, अमेरिका १६ खेलमा १४ अंक सहित तेश्रो, नामिबिया ९ खेलमा १० अंक सहित पाँचौ स्थानमा छ। लिग-२ अंक तालिकाको शिर्ष-३ स्थानमा रहने टिमले २०२३ को विश्वकप छनोट खेल्ने छ भने चौंथो देखि सातौँ स्थानको टिमले छनोट खेल्ने अर्को मौका स्वरूप विश्वकप छनोट प्लेअफ खेल्नेछ।

नेपाली टिम हाल ओमानमा रहेता पनि विश्वकप लिग-२ लाई ध्यानमा राखेर ओमान जाने टिममा नरहेका र क्यानको अनुबन्धमा रहेका खेलाडीहरु जगत टमाटाको प्रशिक्षणमा हाल टियु क्रिकेट मैदान किर्तिपुरमा नियमित अभ्यास गरिरहेका छन्। ओमानको लागि घोषित टिममा नरहेका खेलाडीहरु पनि लगातार टिमसंगै अभ्यास गरिरहेका थिए। सोमपाल कामि र रोहित पौडेल हाल भारतमा अभ्यास गर्न पुगेका छन्।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]