ऋतु र लक्ष्मी चम्किंदा सुदूरपश्चिमको जित

२०७८ फाल्गुन १०, मंगलवार १३:१३

ललितपुर मेयर्स-११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

प्रतियोगिताको टियु मैदानमा सम्पन्न उद्घाटन खेलमा सुदूरपश्चिमले दिएको १४४ रनको लक्ष्य पछ्याउने क्रममा ललितपुर मेयर्स-११ ले पुरै २० ओभर ब्याटिंग गरेता पनि ७ विकेट क्षेतीमा ८५ रन मात्र बनाउन सक्यो।

ललितपुरको ब्याटिंगमा कप्तान सरस्वति चौधरीले सर्वाधिक २६ रन, साना प्रविनले १५ तथा कन्चन श्रेठले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। सुदूरपश्चिमको बलिंगमा लक्ष्मी साउदले तिन विकेट ( ४-०-३३-३ ), कविता कुँवरले दुई विकेट ( ४-१-५-२ ) हात पारा इश्वरी बिस्ट र सम्झना खड्काले समान एक विकेट लिए।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ५ विकेट क्षेतीमा १४३ रन बनाएको थियो। उसको लागि कप्तान ऋतु कनोजियाले मात्र २९ बलमा ६ चौका मद्दतले सर्वाधिक ४२ रन योगदान दिईन्। रेवती धामीले २९, बिन्दु रावलले २८ तथा डली भट्टले २५ रन योगदान दिए। रेवती र बिन्दुले ५३ रनको ओपनिंग साझेदारीतथा तेश्रो विकेटको लागि ऋतु र डली बीच ६४ रनको साझेदारी गरे।

ललितपुरको बलिंगमा खुसि डंगोलले दुई विकेट हात पार्दा अश्मिना कर्माचार्य, आरति बिडारि र अनुराधा चौधरीले समान एक विकेट लिए।

आजको दोश्रो खेलमा एपीएफ र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, एपीएफ, लुम्बिनी प्रदेश, प्रदेश-१ र ललितपुर मेयर्स-११ गरि पाँच टोलि सहभागी छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy