पेवेल इन्डोर कर्पोरेट लिगको समुह बिभाजन सार्वजनिक, १६ टिम सहभागी हुँदै

बुधबारबाट शुरु हुने पेवेल इन्डोर कर्पोरेट क्रिकेट लिग (आइसीएल) को समुह बिभाजन सार्वजनिक गरिएको छ।

सोमबार काठमाण्डौंमा सम्पन्न कार्यक्रममा आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीले लिगमा सहभागि १६ वटा कर्पाेरेट टोलिसँग लिगको नियम र आयोजनाको उद्देश्यको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

यसैबिच आयोजकले क्लबहरुले सहभागि १६ वटा टोलिहरुको समूह विभाजन समेत गरेको छ । सहभागि १६ टोलिलाई चार समूहमा विधाजन गरिएको छ ।

समूह ए मा एनएमबी बैंक,खल्ती,सनराइज बैंक र नेपाल स्पोर्टस् एण्ड म्यानेज्मेन्ट रहेको छ भने समूह बी मा माछापुच्छ्रे बैंक,सेन्चुरी बैंक,नेपाल टेलिकम र नेपाल टुरिजम् बोर्ड छन् ।यस्तै समूह सी मा नेपाल लाइफ इन्स्योरेन्स्,नेपाल एसबीआई बैंक,कामना सेवा विकास बैंक र क्लाउड फ्याक्ट्री छ भने समूह डी मा एनआइसी एशिया बैंक,सूर्य नेपाल,मेगा बैंक र सुबिसु इन्टरनेट रहेको छ ।प्रतियोगितामा प्रत्येक समूहका विजेता र उपविजेताले क्वार्टरफाइनल चरणमा स्थान बनाउनेछ ।

प्रतियोगितामा सहभागि प्रत्येक टोलिले ८ जना खेलाडी राख्न पाउने र सम्पूर्ण खेलहरु आउटडोर क्रिकेटको नियमानुरुप नै हुने आयोजकले जनाएको छ । चारदिन सम्म चल्ने प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।





थप समाचार

कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार […]

विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको […]

सुर्यकुमारको शतकमा मुम्बईको सहज जित

काठमाडौं । सूर्यकुमार यादवको शतकको सहयोगमा मुम्बई इण्डियन्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार सनराइजर्स हैदराबाद माथि […]

कर्पोरेट सुपर सिक्सेस सिजन–७ को क्वार्टरफाइनल समीकरण तय

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंक र एनसेल लिजेन्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका […]

पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित […]

सातौँ सिजनको नेकोस कर्पोरेट सुपर सिक्सेज सुरु : एनआईसी एसियाको दोहोरो जित

काठमाडौँ, वैशाख २३- सातौँ संस्करणको नेकोस कर्पोरेट सुपर सिक्सेज २०२४ काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ। प्रतियोगिता अन्तर्गत […]