पेवेल इन्डोर कर्पोरेट लिगको समुह बिभाजन सार्वजनिक, १६ टिम सहभागी हुँदै

२०७८ फाल्गुन १७, मंगलवार ०७:३६

बुधबारबाट शुरु हुने पेवेल इन्डोर कर्पोरेट क्रिकेट लिग (आइसीएल) को समुह बिभाजन सार्वजनिक गरिएको छ।

सोमबार काठमाण्डौंमा सम्पन्न कार्यक्रममा आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीले लिगमा सहभागि १६ वटा कर्पाेरेट टोलिसँग लिगको नियम र आयोजनाको उद्देश्यको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

यसैबिच आयोजकले क्लबहरुले सहभागि १६ वटा टोलिहरुको समूह विभाजन समेत गरेको छ । सहभागि १६ टोलिलाई चार समूहमा विधाजन गरिएको छ ।

समूह ए मा एनएमबी बैंक,खल्ती,सनराइज बैंक र नेपाल स्पोर्टस् एण्ड म्यानेज्मेन्ट रहेको छ भने समूह बी मा माछापुच्छ्रे बैंक,सेन्चुरी बैंक,नेपाल टेलिकम र नेपाल टुरिजम् बोर्ड छन् ।यस्तै समूह सी मा नेपाल लाइफ इन्स्योरेन्स्,नेपाल एसबीआई बैंक,कामना सेवा विकास बैंक र क्लाउड फ्याक्ट्री छ भने समूह डी मा एनआइसी एशिया बैंक,सूर्य नेपाल,मेगा बैंक र सुबिसु इन्टरनेट रहेको छ ।प्रतियोगितामा प्रत्येक समूहका विजेता र उपविजेताले क्वार्टरफाइनल चरणमा स्थान बनाउनेछ ।

प्रतियोगितामा सहभागि प्रत्येक टोलिले ८ जना खेलाडी राख्न पाउने र सम्पूर्ण खेलहरु आउटडोर क्रिकेटको नियमानुरुप नै हुने आयोजकले जनाएको छ । चारदिन सम्म चल्ने प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy