पेवेल इन्डोर कर्पोरेट लिगको समुह बिभाजन सार्वजनिक, १६ टिम सहभागी हुँदै

बुधबारबाट शुरु हुने पेवेल इन्डोर कर्पोरेट क्रिकेट लिग (आइसीएल) को समुह बिभाजन सार्वजनिक गरिएको छ।

सोमबार काठमाण्डौंमा सम्पन्न कार्यक्रममा आयोजक ग्रेट हिमालय क्रिकेट एकेडेमीले लिगमा सहभागि १६ वटा कर्पाेरेट टोलिसँग लिगको नियम र आयोजनाको उद्देश्यको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

यसैबिच आयोजकले क्लबहरुले सहभागि १६ वटा टोलिहरुको समूह विभाजन समेत गरेको छ । सहभागि १६ टोलिलाई चार समूहमा विधाजन गरिएको छ ।

समूह ए मा एनएमबी बैंक,खल्ती,सनराइज बैंक र नेपाल स्पोर्टस् एण्ड म्यानेज्मेन्ट रहेको छ भने समूह बी मा माछापुच्छ्रे बैंक,सेन्चुरी बैंक,नेपाल टेलिकम र नेपाल टुरिजम् बोर्ड छन् ।यस्तै समूह सी मा नेपाल लाइफ इन्स्योरेन्स्,नेपाल एसबीआई बैंक,कामना सेवा विकास बैंक र क्लाउड फ्याक्ट्री छ भने समूह डी मा एनआइसी एशिया बैंक,सूर्य नेपाल,मेगा बैंक र सुबिसु इन्टरनेट रहेको छ ।प्रतियोगितामा प्रत्येक समूहका विजेता र उपविजेताले क्वार्टरफाइनल चरणमा स्थान बनाउनेछ ।

प्रतियोगितामा सहभागि प्रत्येक टोलिले ८ जना खेलाडी राख्न पाउने र सम्पूर्ण खेलहरु आउटडोर क्रिकेटको नियमानुरुप नै हुने आयोजकले जनाएको छ । चारदिन सम्म चल्ने प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।





थप समाचार

नेपालविरुद्ध बंगलादेश : यस्तो छ इतिहास

काठमाडौं । नेपालले वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा सोमबार बिहान बंगलादेशको सामना […]

बंगलादेशलाई हराएर इतिहास रच्ने लक्ष्यमा नेपाल

काठमाडौं । नेपालले वेस्ट इन्डिज र अमेरिकामा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा सोमबार बिहान बंगलादेशको सामना […]

अस्ट्रेलियाले स्कटल्यान्डलाई हराउँदा इंग्ल्यान्ड सुपर एटमा

काठमाडौं । स्कटल्यान्ड अमेरिका तथा वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा अस्ट्रेलियासँग पराजित हुँदा इंग्ल्यान्डले सुपर एटमा स्थान बनाएको […]

स्कटल्यान्डले दियो अस्ट्रेलियालाई १८१ रनको लक्ष्य

काठमाडौं । स्कटल्यान्डले अमेरिका तथा वेस्ट इन्डिजमा जारी नवौं संस्करणको टी-२० विश्वकपमा अस्ट्रेलियालाई जितका लागि १ सय ८१ रनको लक्ष्य […]

भारत र क्यानडाबीचको खेल रद्द

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप अन्तर्गतको ३३ औं खेल वर्षाका कारण रद्द भएको छ […]

टी-२० विश्वकप : क्यानडा र भारत तथा इंग्ल्यान्ड र नामिबिया खेल्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ३३ औं खेलमा शनिबार भारत र क्यानडा भिड्दै […]