मलेसिया, पीएनजी सिरिजको सम्पूर्ण कमर्सियल राइट्स सन्बिलाई

२०७८ फाल्गुन २३, सोमबार १४:५५

नेपालमा मार्च २५ तारिख देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने टि-ट्वान्टी अन्तर्राष्ट्रिय तथा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको ‘कमर्सियल र ब्रान्डिंग राईट्स्’ सन्बि होल्डिंग्स प्रालिले पाएको छ।

नेपाल क्रिकेट संघले सोमबार बिज्ञप्ति जारि गर्दै संघ र सन्बि बीच सम्झौता सम्पन्न भएको जसअन्तर्गत सिरिजको कमर्सियल, टिकेटिंग, ब्रोडकाष्टिङ ( नेपाल र विदेश ) राईट्स् रहेको छ। सबै अधिकार अब एउटै कम्पनिसंग रहनेछ। यस अघि क्यानले कमर्सियल, टिकट र प्रशारणको लागि फरक कम्पनिहरुसंग सम्झौता गर्ने गरेको थियो।

सम्झौता बापत सन्बिले क्यानलाई दिने रकम भने खुलाइएको छैन। सम्झौता पछि अब सन्बिले सिरिजको प्रायोजक खोज्न, टिकट बेच्न, प्रशारण अधिकार बेच्न पाउनेछ। सिरिजको प्रवर्द्धन पनि सन्बिलेनै गर्नेछ।

 

नेपालले पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज मार्च २५ देखि २६ तारिखसम्म खेल्ने तालिका छ। त्यसपछि नेपाल, पपुवा न्यु गिनी र मलेसिया बीच त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेलिनेछ जुन मार्च २८ देखि अप्रिल ४ सम्म टियु क्रिकेट मैदान कीर्तिपुरमा खेलिनेछ। सिरिजको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

नेपाली क्रिकेट टिमले मार्च १६ तारिख देखि २२ तारिखसम्म युएईमा विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ। त्यसपछि घरेलु भूमिमा सिरिज आयोजना हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy