मलेसिया, पीएनजी सिरिजको सम्पूर्ण कमर्सियल राइट्स सन्बिलाई

नेपालमा मार्च २५ तारिख देखि अप्रिल ४ तारिखसम्म आयोजना हुने टि-ट्वान्टी अन्तर्राष्ट्रिय तथा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको ‘कमर्सियल र ब्रान्डिंग राईट्स्’ सन्बि होल्डिंग्स प्रालिले पाएको छ।

नेपाल क्रिकेट संघले सोमबार बिज्ञप्ति जारि गर्दै संघ र सन्बि बीच सम्झौता सम्पन्न भएको जसअन्तर्गत सिरिजको कमर्सियल, टिकेटिंग, ब्रोडकाष्टिङ ( नेपाल र विदेश ) राईट्स् रहेको छ। सबै अधिकार अब एउटै कम्पनिसंग रहनेछ। यस अघि क्यानले कमर्सियल, टिकट र प्रशारणको लागि फरक कम्पनिहरुसंग सम्झौता गर्ने गरेको थियो।

सम्झौता बापत सन्बिले क्यानलाई दिने रकम भने खुलाइएको छैन। सम्झौता पछि अब सन्बिले सिरिजको प्रायोजक खोज्न, टिकट बेच्न, प्रशारण अधिकार बेच्न पाउनेछ। सिरिजको प्रवर्द्धन पनि सन्बिलेनै गर्नेछ।

 

नेपालले पपुवा न्यु गिनीसंग दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज मार्च २५ देखि २६ तारिखसम्म खेल्ने तालिका छ। त्यसपछि नेपाल, पपुवा न्यु गिनी र मलेसिया बीच त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेलिनेछ जुन मार्च २८ देखि अप्रिल ४ सम्म टियु क्रिकेट मैदान कीर्तिपुरमा खेलिनेछ। सिरिजको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

नेपाली क्रिकेट टिमले मार्च १६ तारिख देखि २२ तारिखसम्म युएईमा विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ। त्यसपछि घरेलु भूमिमा सिरिज आयोजना हुनेछ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]