चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ गते देखि

मेयर कप सप्तरी प्रिमियर लिगको चौंथो संस्करण चैत ७ गते देखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ।

गत महिना संचालन हुनु पर्ने भएता पनि राष्ट्रिय टिमको खेल तालिकालाई मध्यनजर गरेर मिति सारिएको थियो। तर अब भने उपलब्ध राष्ट्रिय खेलाडीहरुलाई समाबेश गरेर प्रतियोगिता आयोजना गरिने निर्णय गरिएको प्रतियोगिता निर्देशक रोशन मण्डलले जानकारी गराएका छन्। लिगको आयोजना सप्तरी क्रिकेट संघले गर्दै आएको छ।

पाँच फ़्रेन्चाइज् टिमहरुको सहभागिता रहने प्रतियोगिताको खेलाडी चयन अक्सनमार्फत गरिंदै आएको छ। यो संस्करणको लागि पनि अक्सन चैत २ गते संचालन हुनेछ जसको लागि फाल्गुन ३० गतेसम्म खेलाडी दर्ता हुने अन्तिम मिति राखिएको छ। खेलाडीहरुले यो लिंकमा क्लिक गरेर फर्म भर्दै अथवा खल्ती यापबाट नाम दर्ता गर्न सक्नेछन्।

हालसम्म देशभरबाट १४५ जना खेलाडीले अक्सनको लागि नाम दर्ता गरिसकेका छन्। सहभागी फ़्रेन्चाइजले आफ्नो टिममा ५ जना जिल्ला बाहिरको खेलाडी राख्न पाउने नियम छ जसमध्ये निम्नतम ४ जना खेलाडीलाई अन्तिम एघारमा समाबेश गर्नु पर्नेछ। जिल्ला बाहिरको खेलाडी सहित फ़्रेन्चाइजले अक्सनमार्फत कूल १६ जना खेलाडीको टिम बनाउन पाउनेछ। सबै टिमको मार्की खेलाडीको समेत घोषणा गरिनेछ।

लिगको गत सिजन उपाधि विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले जितेको थियो। वारियर्स टिममा राष्ट्रिय क्रिकेटर अनिल शाह र पवन सर्राफ पनि सहभागी थिए। यस्तै अन्य टिमहरुमा दिपेन्द्र ऐरी, कुशल भुर्तेल, बसन्त रेग्मी, आसिफ शेख, सिद्धान्त लोहनी, मेहबुब आलम, लोकेश बम, सुनिल धमला, राशिद खान जस्ता राष्ट्रिय क्रिकेटरहरु सहभागी थिए। यो सिजन पनि राष्ट्रिय क्रिकेटरहरुले अक्सनको लागि नाम दर्ता गराइसकेका छन्।

डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्स सहित रुपनी राईडर्स, तिलाठी कोईलाडी जायन्ट्स, बोदे बर्साईन थन्डर्स र टिभीएस किंग्स राजविराज लिगमा सहभागी टिमहरु हुन्। एक साता चल्ने प्रतियोगिता सिंगल राउण्ड रोबिन फर्म्याटमा खेलीनेछ।

प्रतियोगिताको विजेता टिमले तिन लाख रुपैयाँ तथा उपविजेता टिमले एक लाख पचार हजार रुपैयाँ प्राप्त गर्ने सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठले जानकारी गराएका छन्।

लिगको खेलहरु राजविराज स्थित राज रंगशालामा आयोजना हुनेछ जहाँ खेल हेर्न दर्शकहरुले टिकट काट्नु पर्नेछ। प्रतियोगिताको लागि मैदानको तयारी सुरु भइसकेको छ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]