श्रीलंकाबाट नेपाली टिम युएई प्रस्थान

२०७८ फाल्गुन ३०, सोमबार १२:२०

युनाइटेड अरब इमिरेट्स (यूएई) मा मार्च १६ देखि २२ सम्म आयोजना हुने आईसीसी विश्वकप लिग–२ मा सहभागिता जनाउन नेपाली नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार श्रीलंकाबाट यूएई प्रस्थान गरेको छ । नेपाल श्रीलंकामा त्यहाँको ए श्रेणीको टोलीसँग चारवटा मैत्रीपूर्ण अभ्यास खेल खेलेर यूएई गएको हो । नेपालले चार खेलमा तीन जित र एक हार खेपेको थियो ।

नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई एक सय ११ रन र दोस्रो खेलमा नेभीलाईनै ८२ रनले हराएको थियो । नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई एक सय ४४ रनले हराएको थियो । चौथो खेलमा नेपाल श्रीलंका संयुक्त–११ सँग ९२ रनले पराजित भएको थियो ।

अभ्यास खेलसहित विश्वकप लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिनै लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । लिग–२ अन्तर्गत नेपालले यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिज खेल्न लागेको हो । सिरजमा नेपालले पहिलो खेल मार्च १६ तारिख पीएनजी, मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy