श्रीलंकाबाट नेपाली टिम युएई प्रस्थान

युनाइटेड अरब इमिरेट्स (यूएई) मा मार्च १६ देखि २२ सम्म आयोजना हुने आईसीसी विश्वकप लिग–२ मा सहभागिता जनाउन नेपाली नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार श्रीलंकाबाट यूएई प्रस्थान गरेको छ । नेपाल श्रीलंकामा त्यहाँको ए श्रेणीको टोलीसँग चारवटा मैत्रीपूर्ण अभ्यास खेल खेलेर यूएई गएको हो । नेपालले चार खेलमा तीन जित र एक हार खेपेको थियो ।

नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई एक सय ११ रन र दोस्रो खेलमा नेभीलाईनै ८२ रनले हराएको थियो । नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई एक सय ४४ रनले हराएको थियो । चौथो खेलमा नेपाल श्रीलंका संयुक्त–११ सँग ९२ रनले पराजित भएको थियो ।

अभ्यास खेलसहित विश्वकप लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघिनै लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । लिग–२ अन्तर्गत नेपालले यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिज खेल्न लागेको हो । सिरजमा नेपालले पहिलो खेल मार्च १६ तारिख पीएनजी, मार्च १८ मा यूएई, मार्च २१ मा पुनः यूएई र मार्च २२ मा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]