भरतपुर मेयर कप तीन दिवसीय र एकदिवसीय क्रिकेट चैत ९ देखि

चितवनमा ‘प्रथम भरतपुर मेयर कप तीन दिवसीय र एकदिवसीय क्रिकेट–२०७८’ प्रतियोगिता हुने भएको छ । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजनामा चैत ९ गतेदेखि भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा हुनेछ ।

आयोजक इभेन्ट्सले शुक्रबार विज्ञप्ती जारी गर्दै एकै पटक दुई विधामा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । पहिलो चरणमा चैत ९ देखि ११ गतेसम्म चितवन र मकवानपुरबीच तीन दिवसीय क्रिकेट प्रतियोगिता हुनेछ । त्यसलगत्तै चैत १३ देखि १६ गतेसम्म चितवन, मकवानपुर र नवलपुरबीच एकदिवसीय क्रिकेट प्रतियोगिता हुने आयोजक इभेन्ट्सका अध्यक्ष राजु चौधरी जानकारी दिए ।

नेपाललाई टेस्त राष्ट्र बनाउन सघाउ पुर्‍याउने उद्देश्यले चितवनमा पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । चितवनमा पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगितलाई चितवन जिल्ला क्रिकेट संघले स्वीकृति प्रदान गरिसकेको छ ।प्रतियोगिताका बिजेताहरुलाई नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको प्रवद्र्धकहरुमा भरतपुर महानगरपालिका र चितवन जिल्ला क्रिकेट संघ रहेको छ ।

( साभार – नारायणीअनलाइन )





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]