मेयर धनगढी प्याब्सन कपको उपाधि स्टेपिङलाई, लिटल फ्लावर उप–विजेता

धनगढी – मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि स्टेपिङ स्टोन इङ्लिस बोर्डिङ स्कुलले जितेको छ । आज सम्पन्न फाइनल खेलमा लिटल फ्लावर बोर्डिङ स्कुललाई २९ रनले पराजित गर्दै स्टेपिङ च्याम्पियन बनेको हो । उपाधि विजेता स्टेपिङले एक लाख एक हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको लिटल फ्लावरले ५१ हजार एक सय ११ रुपैंया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढी स्थित प्रदेश प्रहरीको खेल मैदानमा सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १ सय ३४ रन बनायो । १ सय ३५ रनको विजयी लक्षसहित जवाफी ब्याटिङ थालेको लिटल फ्लावरले १७.२ ओभरमा आफ्ना सबै विकेट गुमाएर १ सय ९ रन मात्रै बनाउन सक्यो । उसका शैलेश केसीले ४६ रन बनाएर आउट भए । सचिन भट्टले १४, नरेन भट्टले १२ र पारस ऐरले १० रन बनाए । बलिङ तर्फ स्टेपिङका आर्यन दानपालीले ३.२ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिए । अभिषेक खड्काले २ र भुपेश जोशीले १ विकेट लिए ।

त्यस अघि पहिलो इनिङमा स्टेपिङका विशाल विष्टले ५५ बलमा ४ चौकार र ४ छक्काको मद्दतले ६१ रनको अर्धशतकीए पारी खेले । उसका आर्यन दानपालीले ३६ र अभिषेक खड्काले १६ रन बनाए । बलिङ तर्फ लिटल फ्लावरका सार्थक बम र अनुराग सिंहले समान १/१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच स्टेपिङका आर्यन दानपाली चुनिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी लिटल फ्लावर स्कुलका अनुराग सिंह भए । उनले नगद १० हजार सहित ट्रफि, मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै उत्कृष्ट ब्याट्सम्यान शारदा माध्यमिक विद्यालयका गौरव कार्की, उत्कृष्ट बलर स्टेपिङका भुपेश जोशी र उदीयमान खेलाडी एरिस्टोका किरण देउवा भए । उनीहरूले नगद ५/५ हजार प्राप्त गरेका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतालाई एक कार्यक्रमकाबिच धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, वडा नम्बर ८ का अध्यक्ष नारायण बराललगायतले पुरस्कार वितरण गरेका हुन् ।

धनगढी प्याब्सनको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा धनगढी नगर क्षेत्रका २० वटा निजी र सामुदायिक विद्यालयहरूको सहभागिता रहेको थियो ।





थप समाचार

नेपालले टस हार्‍यो, कमल बेन्चमा

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिज दोस्रो खेल […]

राजस्थानको लगातार चौथो जित, राजस्थानको प्लेअफ सम्भावना बलियो

काठमाडौं । जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)मा राजस्थान रोयल्सले लगातार चौथो जित निकाल्दै शीर्ष चारमा रहदै प्लेअफमा स्थान […]

दिल्लीद्वारा मुम्बई पराजित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ४३ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । घरेलु […]

रोहितको शतकमा नेपालको जित

काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पहिलो खेलमा जितेको छ […]