रिजनको अलराउण्ड प्रदर्शनमा मकवानपुरलाई उपाधि

प्रदेश खेलकुद परिषद् बागमती प्रदेशद्वारा आयोजित प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ ।

सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा मकवानपुरले धादिङलाई २४ रनले पराजित गर्यो। खेलमा मकवानपुरले दिएको १५७ रनको लक्ष्य पछ्याएको धादिङले निर्धारित २० ओभरमा १२४ रनमा सम्पूर्ण विकेट गुमायो।

लक्ष्य पछ्याउने क्रममा धादिङको लागि उज्ज्वल थापाले सर्वाधिक ४० रन बनाएता पनि जित्न पर्याप्त रहेन।  मकवानपुरका देब्रे हाते पेसर रिजन ढकालले ४ विकेट हात पारे ।

यस अघि टस हारेर ब्याटिंग गरेको मकवानपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । मकवानपुरका लागि रिजन ढकालले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिए।

फाइनलको प्लेयर अफ द म्याच मकवानपुरका अलराउण्डर रिजन ढकाल घोषित भए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]