रिजनको अलराउण्ड प्रदर्शनमा मकवानपुरलाई उपाधि

प्रदेश खेलकुद परिषद् बागमती प्रदेशद्वारा आयोजित प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुरले जितेको छ ।

सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा मकवानपुरले धादिङलाई २४ रनले पराजित गर्यो। खेलमा मकवानपुरले दिएको १५७ रनको लक्ष्य पछ्याएको धादिङले निर्धारित २० ओभरमा १२४ रनमा सम्पूर्ण विकेट गुमायो।

लक्ष्य पछ्याउने क्रममा धादिङको लागि उज्ज्वल थापाले सर्वाधिक ४० रन बनाएता पनि जित्न पर्याप्त रहेन।  मकवानपुरका देब्रे हाते पेसर रिजन ढकालले ४ विकेट हात पारे ।

यस अघि टस हारेर ब्याटिंग गरेको मकवानपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । मकवानपुरका लागि रिजन ढकालले सर्वाधिक ४२ रन बनाए । बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिए।

फाइनलको प्लेयर अफ द म्याच मकवानपुरका अलराउण्डर रिजन ढकाल घोषित भए ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy