पपुवा न्यु गिनीद्वारा नेपाललाई चुनौतिपूर्ण लक्ष्य

Sompal Kami

पपुवा न्यु गिनीको नेपाल भ्रमण अन्तर्गत दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेल टियु अन्तर्राष्ट्रिय मैदानमा जारि छ।

खेलमा टस हारेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ८ विकेट क्षेतीमा २९२ रन बनाउदै नेपाललाई २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल बिरुद्ध पपुवा न्यु गिनीको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। स्कोरकार्ड 

पपुवा न्यु गिनीको ब्याटिंगमा चार्ल्स अमिनीले सर्वाधिक ७७ रन योगदान दिए जुन क्रममा १०३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। असद भालाले ६०, नोर्मन भुवाले ४७ तथा राइली हेकुरेले ३१ रन योगदान दिए।

नेपालका बलर कमल सिंह ऐरी ( ९-०-५६-२ ), दिपेन्द्र ऐरी ( १०-१-३०-२ ) र सोमपाल कामिले ( ९-०-८१-२ ) समान २ विकेट लिए। कप्तान सन्दिप लामिछाने ( १०-०-६२-१ ) , पवन सर्राफ ( ५-०-२५-१ ) ले १/१ विकेट लिए।

खेलमा नेपालको लागि दायाँ हाते ब्याट्सम्यान देव खनालले डेब्यु गर्ने भएका छन्। देवलाई कप्तान सन्दिप लामिछानेले डेब्यु क्याप दिएका हुन्। युएई टुरमा डेब्यु गरेका ब्याट्सम्यान भिम शार्कीले पनि अन्तिम एघारमा मौका पाएका छन्। अनिल शाहले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् जो विकेटकिपरको भूमिकामा हुनेछन्। सागर ढकाल, बिक्रम सोब, सुशन भारि र गुल्सन झा बाहिर छन्।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, देव खनाल, कुशल भुर्तेल, कमल सिंह ऐरी, सोमपाल कामि, रोहित पौडेल, पवन सर्राफ, आरिफ शेख, भिम शार्की, अनिल कुमार शाह ( विकेटकिपर )

पपुवा न्यु गिनीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई पराजित गर्न सकेको छैन।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]