पपुवा न्यु गिनीद्वारा नेपाललाई चुनौतिपूर्ण लक्ष्य

Sompal Kami

पपुवा न्यु गिनीको नेपाल भ्रमण अन्तर्गत दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको पहिलो खेल टियु अन्तर्राष्ट्रिय मैदानमा जारि छ।

खेलमा टस हारेर ब्याटिंग गरेको पपुवा न्यु गिनीले ८ विकेट क्षेतीमा २९२ रन बनाउदै नेपाललाई २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपाल बिरुद्ध पपुवा न्यु गिनीको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। स्कोरकार्ड 

पपुवा न्यु गिनीको ब्याटिंगमा चार्ल्स अमिनीले सर्वाधिक ७७ रन योगदान दिए जुन क्रममा १०३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। असद भालाले ६०, नोर्मन भुवाले ४७ तथा राइली हेकुरेले ३१ रन योगदान दिए।

नेपालका बलर कमल सिंह ऐरी ( ९-०-५६-२ ), दिपेन्द्र ऐरी ( १०-१-३०-२ ) र सोमपाल कामिले ( ९-०-८१-२ ) समान २ विकेट लिए। कप्तान सन्दिप लामिछाने ( १०-०-६२-१ ) , पवन सर्राफ ( ५-०-२५-१ ) ले १/१ विकेट लिए।

खेलमा नेपालको लागि दायाँ हाते ब्याट्सम्यान देव खनालले डेब्यु गर्ने भएका छन्। देवलाई कप्तान सन्दिप लामिछानेले डेब्यु क्याप दिएका हुन्। युएई टुरमा डेब्यु गरेका ब्याट्सम्यान भिम शार्कीले पनि अन्तिम एघारमा मौका पाएका छन्। अनिल शाहले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् जो विकेटकिपरको भूमिकामा हुनेछन्। सागर ढकाल, बिक्रम सोब, सुशन भारि र गुल्सन झा बाहिर छन्।

नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , दिपेन्द्र ऐरी, देव खनाल, कुशल भुर्तेल, कमल सिंह ऐरी, सोमपाल कामि, रोहित पौडेल, पवन सर्राफ, आरिफ शेख, भिम शार्की, अनिल कुमार शाह ( विकेटकिपर )

पपुवा न्यु गिनीले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई पराजित गर्न सकेको छैन।





थप समाचार

जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेटको उपाधि डिएभी स्कुललाई

काठमाडौं । डिएभी स्कुलले दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। प्रसिद्ध जैशीको अलराउण्ड प्रदर्शन मदतमा सोमबार […]

जयकुमारनाथ शाह यु-१६ को क्वार्टरफाइनल समिकरण पुरा 

बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पुरा भएको छ। प्रतियोगिताको शुक्रबार समुह चरणको […]

महिला टी-२० विश्वकप छनोट : नेपाल र हङकङको खेल रद्द

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङकङबीचको पहिलो खेल रद्द भएको छ। थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान […]

एसपीए कलेजको ‘ब्रान्ड एम्बेसडरमा क्रिकेटर कविता कुँवर नियुक्त

धनगढी । सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए) कलेजले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर कविता कुँवरलाई आफ्नो ‘ब्रान्ड एम्बेसडर’मा नियुक्त गरेको […]

डीएभी र अपि स्कुल क्वार्टरफाइनलमा

डीएभी स्कुल र अपि स्कुलले बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गरेका […]

जयकुमारनाथ शाह यु-१६ : सैनिक र मोक्क्षदा क्वार्टरफाइनलमा

सैनिक आवसीय महाविद्यालय र मोक्क्षदा स्कुलले बाबु एडभेन्चर प्याराग्लाइडिङ जयकुमारनाथ शाह मेमोरियल यु-१६ ट्वान्टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का […]