सुरु भयो आईपीएल, कोलकाताद्वारा चेन्नाई पराजित

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत पहिलो खेलमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

मुम्बई स्थित वानखेडे स्टेडियममा चेन्नाईले दिएको १३२ रनको लक्ष्य कोलकाताले ९ बल बाँकी रहँदै ४ विकेट क्षेतीमा भेटायो।

कोलकाताको जितमा ओपनर अजिंके रहानेले सर्व्धिक ४४ रन योगदान दिए जुन क्रममा ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। स्याम बिलिंग्सले २५, नितिश रानाले २१, कप्तान श्रेयस ऐयरले अविजित २० रन तथा भेंकटेस ऐयरले १६ रन बनाए। रहाने र ऐयरले ४३ रनको ओपनिंग साझेदारी गरे।

चेन्नाईको बलिंगमा ड्वेन ब्राभोले ३ विकेट ( ४-०-२०-३ ) लिए। १७० विकेट लिंदै ब्राभो लासिथ मलिंगासंगै आईपीएल इतिहासकै सर्वाधिक विकेटकर्ता बनेका छन्। मिचेल स्यांटनरले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट क्षेतीमा १३१ रन बनाएको थियो।

खराब सुरुवात गरेको चेन्नाईले ६१ रन बनाउदा ५ विकेट गुमाएको थियो। त्यो अवस्थामा कप्तान रभीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अविजित ५५ बलमा ७० रनको साझेदारी गरे। धोनीले ३८ बलमा अविजित ५० रन बनाउने क्रममा ७ चौका र १ छक्का प्रहार गरे। जडेजाले २८ बलमा १ छक्का मद्दतले २६ रन बनाए। यस अघि रोबिन उथप्पाले २८ तथा अम्बाती रायडुले १५ रन बनाए।

कोलकाताका बलर उमेश यादवले २ विकेट ( ४-०-२०-२ ) तथा वरुण चक्रवर्ती ( ४-०-२३-१ ) र आन्द्रे रसेलले ( ४-०-३८-१ ) समान १ विकेट लिए।

लिग अन्तर्गत भोलि आइतबार दुई खेल हुनेछन्। दिउँसो ३:४५ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स तथा राति ७:४५ बजे पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]