सुरु भयो आईपीएल, कोलकाताद्वारा चेन्नाई पराजित

१५ औं संस्करणको इन्डियन प्रिमियर लिग ( आईपीएल ) अन्तर्गत पहिलो खेलमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

मुम्बई स्थित वानखेडे स्टेडियममा चेन्नाईले दिएको १३२ रनको लक्ष्य कोलकाताले ९ बल बाँकी रहँदै ४ विकेट क्षेतीमा भेटायो।

कोलकाताको जितमा ओपनर अजिंके रहानेले सर्व्धिक ४४ रन योगदान दिए जुन क्रममा ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे। स्याम बिलिंग्सले २५, नितिश रानाले २१, कप्तान श्रेयस ऐयरले अविजित २० रन तथा भेंकटेस ऐयरले १६ रन बनाए। रहाने र ऐयरले ४३ रनको ओपनिंग साझेदारी गरे।

चेन्नाईको बलिंगमा ड्वेन ब्राभोले ३ विकेट ( ४-०-२०-३ ) लिए। १७० विकेट लिंदै ब्राभो लासिथ मलिंगासंगै आईपीएल इतिहासकै सर्वाधिक विकेटकर्ता बनेका छन्। मिचेल स्यांटनरले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको चेन्नाईले २० ओभरमा ५ विकेट क्षेतीमा १३१ रन बनाएको थियो।

खराब सुरुवात गरेको चेन्नाईले ६१ रन बनाउदा ५ विकेट गुमाएको थियो। त्यो अवस्थामा कप्तान रभीन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अविजित ५५ बलमा ७० रनको साझेदारी गरे। धोनीले ३८ बलमा अविजित ५० रन बनाउने क्रममा ७ चौका र १ छक्का प्रहार गरे। जडेजाले २८ बलमा १ छक्का मद्दतले २६ रन बनाए। यस अघि रोबिन उथप्पाले २८ तथा अम्बाती रायडुले १५ रन बनाए।

कोलकाताका बलर उमेश यादवले २ विकेट ( ४-०-२०-२ ) तथा वरुण चक्रवर्ती ( ४-०-२३-१ ) र आन्द्रे रसेलले ( ४-०-३८-१ ) समान १ विकेट लिए।

लिग अन्तर्गत भोलि आइतबार दुई खेल हुनेछन्। दिउँसो ३:४५ बजे दिल्ली क्यापिटल्स र मुम्बई इन्डीएन्स तथा राति ७:४५ बजे पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोर बीच प्रतिस्पर्धा हुनेछ।





थप समाचार

कुशलको अर्धशतकमा नामिबियालाई १८१ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर कुशल मल्लको विष्फोटक अर्धशतकको सहयोगमा नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट […]

नेपालले टस हार्यो, भुर्तेल बेन्चमा

काठमाडौं । नामिबियाविरुद्ध नेपालले टस हारेको छ । नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर बलिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्दै […]

पाँचपोखरी क्रिकेट प्रतियोगिता : पाँचपोखरी र ह्याल्मो-११ सेमिफाइनलमा

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो-११ ले पाँचपोखरी जिल्लास्तरीय टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन् । आज भएको […]

दाङ क्रिकेट लिग : देउखुरी र पुरनधारा फाइनल दौडबाट बाहिरियो 

दाङको घोराहीमा जारि नेपाल टेलिकम दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बिहिबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका […]

लिभेन्टको शतकमा नेदरल्यान्ड्सको सहज जित

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई सहज रुपले पराजित गरेको छ  । टियु मैदानमा भएको  खेलमा नामिबिया ५९ […]

लिभेन्टको शतकमा नामिबियालाई २४८ रनको लक्ष्य

काठमाडौं । ओपनर माईकल लिभेन्टको शतकमा नेदरल्यान्ड्सले नामिबियालाई २ सय ४८ रनको लक्ष्य दिएको छ । टियु मैदानमा जारी खेलमा […]