नेपालद्वारा पपुवा न्यु गिनीलाई चुनौतिपूर्ण लक्ष्य

नेपाल, पपुवा न्यु गिनी र मलेसिया बीच त्रिकोणात्मक टि-२० सिरिज सुरु भएको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १८३ रन बनाउदै पपुवा न्यु गिनीलाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालको ब्याटिंगमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए जुन क्रममा ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै रोहित पौडेलले २६ बलमा २ चौका र १ छक्का मद्दतले २४ तथा आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्का मद्दतले ३१ रन बनाए। कुशल भुर्तेलले २०, करन केसीले १४ तथा कुशल मल्लले ११ रन बनाए।

हेर्नुस खेलको स्कोरकार्ड

ओपनर कुशल भुर्तेल तेश्रो ओभरमा रन आउट भएपछि दोश्रो विकेटको लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरे। १२ औं ओभरमा आसिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। फलस्वरुप १०५/१ को अवस्थाबाट नेपाल १३४/६ को अवास्स्थामा पुग्यो। त्यसपछि आरिफ शेखले एक किनार सम्हाल्दै अन्तिम ओभरसम्म ब्याटिंग गरे।

पपुवा न्यु गिनीका बलर चार्ल्स अमिनी, अलि नेओ र चाड सोपरले समान २ विकेट तथा राइली हेकुरे, नोर्मन भानुवाले १/१ विकेट लिए।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]