नेपालद्वारा पपुवा न्यु गिनीलाई चुनौतिपूर्ण लक्ष्य

२०७८ चैत्र १४, सोमबार १४:०१

नेपाल, पपुवा न्यु गिनी र मलेसिया बीच त्रिकोणात्मक टि-२० सिरिज सुरु भएको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि पहिलो खेलमा टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १८३ रन बनाउदै पपुवा न्यु गिनीलाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालको ब्याटिंगमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए जुन क्रममा ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै रोहित पौडेलले २६ बलमा २ चौका र १ छक्का मद्दतले २४ तथा आरिफ शेखले २२ बलमा ३ चौका र २ छक्का मद्दतले ३१ रन बनाए। कुशल भुर्तेलले २०, करन केसीले १४ तथा कुशल मल्लले ११ रन बनाए।

हेर्नुस खेलको स्कोरकार्ड

ओपनर कुशल भुर्तेल तेश्रो ओभरमा रन आउट भएपछि दोश्रो विकेटको लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरे। १२ औं ओभरमा आसिफ आउट भएपछि नेपालले लगातार विकेट गुमाउन पुग्यो। फलस्वरुप १०५/१ को अवस्थाबाट नेपाल १३४/६ को अवास्स्थामा पुग्यो। त्यसपछि आरिफ शेखले एक किनार सम्हाल्दै अन्तिम ओभरसम्म ब्याटिंग गरे।

पपुवा न्यु गिनीका बलर चार्ल्स अमिनी, अलि नेओ र चाड सोपरले समान २ विकेट तथा राइली हेकुरे, नोर्मन भानुवाले १/१ विकेट लिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy