भरतपुर मेयर कप क्रिकेट सुरु, नवलपुरको विजयी सुरुवात

चितवन, चैत १४–

‘भरतपुर मेयर कप’ एक दिवसीय क्रिकेट प्रतियोगिता आज (सोमबार)देखि सुरु भएको छ । नारायणी एड्भर्डटाइजिङ एण्ड इभेन्ट्स प्रालिको आयोजनामा रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्दै निर्माण रोकिएको रङ्गशालाको विषयमा छिट्टै नै शुभ समाचार सुन्न पाइने बताउनुभयो । धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेर बीचमा छोडेपछि काम रोकिएको रङ्गशालाका पुरानो ऋणका कारण तत्काल काम सुरु गर्न नसकिएको उहाँको भनाइ थियो । ऋणका लागि मन्त्रिपरिषदमा लैजानु पर्ने भएकाले निर्माणमा ढिलाइ भएको उहाँले बताउनुभयो ।

चैत १७ गते सम्म सञ्चालन हुने सो प्रतियोगितामा चितवन, मकवानपुर र नवलपुर गरी तीनवटा समुह सहभागी भएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुने समुहले ट्रफी, मेडल र प्रशंसा पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट अङ्क ल्याउने दुई समूह फाइनलमा जाने आयोजक एड्भर्डटाइजिङ एण्ड इभेन्ट प्रालीका अध्यक्ष राजु चौधरीले जानकारी दिनुभयो ।

यसैबीच प्रतियोगितामा नवलपुरले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा घरेलु टोली चितवनलाई ४ विकेटले पराजित गर्दै नवलपुरले विजयी सुरुवात गरेको हो ।

चितवनले दिएको १८९ रनको लक्ष्य पछ्याएको नवलपुर २८.५ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएर जित हात पा¥यो । नवलपुरको जितमा सुभम खरेलले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बलमा ६१ रन बनाएका खरेल प्लेयर अफ दि म्याच घोषित भए । यस्तै रोबिन तिमिल्सिनाले ४२, दीपक डुम्रेले २४, विदुर पुनले २० रन बनाए ।

चितवनका लागि बाबुराम भट्टराई कृजन गुरुङले २/२ विकेट लिए भने दिपेश श्रेष्ठ र डानिस इकबालले समान एक÷एक विकेट लिए ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको चितवनले ४५.५ ओभरमा १८८ रन बनाउँदै अलआउट भएको थियो । चितवनका लागि स्वप्नील अधिकारीले ४२, साकार ढकालले ४० र हेमराज पौडेलले २० रन बनाए ।

नवलपुरका लागि किशोर महतो, अबिनास सापकोटा, विशाल पौडेल र रिजन काफ्लेले समान २/२ विकेट लिए भने शिशिर भुषाल र कमल परियारले एक/एक विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]