‘पीवाईसी बिबिए क्रिकेट कप’ प्रतियोगिता आयोजना हुने

पब्लिक युथ क्याम्पसको आयोजनामा बैशाख १३ गते देखि काठमाडौँमा ‘पीवाईसी बिबिए क्रिकेट कप’ टि-२० प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगितामा देशभरका करिब ३० वटा त्रिभुवन विश्वविद्यालय अनुबन्धित ‘बिबिए’ कलेजहरुको सहभागिता रहने छ। दुई साता सम्म चल्ने लिग-कम नकआउट प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलिनेछन्।

कलेज स्तरको क्रिकेट प्रवर्द्धन तथा खेलभावना विकास गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताको प्रवन्ध निर्देशक सुनिल थापाले जानकारी गराए – “लामो समय देखि आयोजना हुँदै आएको बिबिए कप पुनः यो वर्ष निरन्तरता पाउदैछ। प्रतियोगिताको उद्देश्य युवाहरुलाई मंच प्रदान गरि उनीहरुको सामुहिक भावना, सम्बन्ध र खेलभावना विकास गर्दै नेत्रित्वक्षमता अभिवृद्धि गर्नु हो।”

पव्लिक युथ क्याम्पसका प्रमुख वलराम थापाले यस अघिका संस्करणहरु जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास व्यक्त गर्दै कलेजहरुलाई प्रतिष्ठित प्रतियोगितामा भाग लिन आग्रह समेत गरेका छन्।

बिगत एक दशक देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यस पटक ‘म्यान क्यान डु’ प्रालिले व्यवस्थापन गर्नेछ। प्रालिको प्रवन्ध निर्देशक सुनिल थापा,  संस्थापकमा सुन्दर रेग्मी तथा प्रतियोगिता व्यवस्थापकमा नोर्बु लामा छन्।

प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै बिभिन्न विधामा उत्कृस्ट चुनिने खेलाडीहरु तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]