‘पीवाईसी बिबिए क्रिकेट कप’ प्रतियोगिता आयोजना हुने

पब्लिक युथ क्याम्पसको आयोजनामा बैशाख १३ गते देखि काठमाडौँमा ‘पीवाईसी बिबिए क्रिकेट कप’ टि-२० प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगितामा देशभरका करिब ३० वटा त्रिभुवन विश्वविद्यालय अनुबन्धित ‘बिबिए’ कलेजहरुको सहभागिता रहने छ। दुई साता सम्म चल्ने लिग-कम नकआउट प्रतियोगिताको सम्पूर्ण खेलहरु मुलपानी क्रिकेट मैदानमा खेलिनेछन्।

कलेज स्तरको क्रिकेट प्रवर्द्धन तथा खेलभावना विकास गर्ने उद्देश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको प्रतियोगिताको प्रवन्ध निर्देशक सुनिल थापाले जानकारी गराए – “लामो समय देखि आयोजना हुँदै आएको बिबिए कप पुनः यो वर्ष निरन्तरता पाउदैछ। प्रतियोगिताको उद्देश्य युवाहरुलाई मंच प्रदान गरि उनीहरुको सामुहिक भावना, सम्बन्ध र खेलभावना विकास गर्दै नेत्रित्वक्षमता अभिवृद्धि गर्नु हो।”

पव्लिक युथ क्याम्पसका प्रमुख वलराम थापाले यस अघिका संस्करणहरु जस्तै यसपटक पनि त्रिभुवन विश्वविद्यालयले प्रतियोगितालाई साथ दिने विश्वास व्यक्त गर्दै कलेजहरुलाई प्रतिष्ठित प्रतियोगितामा भाग लिन आग्रह समेत गरेका छन्।

बिगत एक दशक देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितालाई यस पटक ‘म्यान क्यान डु’ प्रालिले व्यवस्थापन गर्नेछ। प्रालिको प्रवन्ध निर्देशक सुनिल थापा,  संस्थापकमा सुन्दर रेग्मी तथा प्रतियोगिता व्यवस्थापकमा नोर्बु लामा छन्।

प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै बिभिन्न विधामा उत्कृस्ट चुनिने खेलाडीहरु तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy