अपराजित नेपाल बन्यो च्याम्पियन

दिपेन्द्र सिंह ऐरीले शानदार अलराउण्ड प्रदर्शन गर्दा पपुवा न्यु गिनीलाई ५० रनले पराजित गर्दै नेपालले त्रिकोणात्मक टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ।

घरेलु भूमिमा उपाधि जित्ने क्रममा नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्यु गिनीलाई १६.१ ओभरमा ११८ रनमै समेट्यो। पपुवा न्यु गिनीको ब्याटिंगमा सिसि बाउले सर्वाधिक ५९ रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन्।

नेपालको बलिंगमा अफ स्पिनर दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १८ रन खर्चिए। करन केसीले ३ विकेट ( ३-०-२७-३ ) तथा कप्तान सन्दिप लामिछानेले २ विकेट ( ४-०-२५-२ ) लिए।

टस हारेर ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट क्षेतीमा १६८ रन बनाएको थियो।

नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३८ बलमा ५ चौका प्रहार गरे। यस्तै करन केसीले १२ बलमा ५ चौका मद्दतले अविजित ३३ रन बनाए। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले क्रमशः २९ र २५ रन बनाए। आदील अन्सारीले १५ रन बनाए भने रोहित पौडेलले २ रन बनाउदा आरिफ शेख र दिलिप नाथले खाता खोल्न सकेनन्।

कुशल भुर्तेल र आसिफ शेखले ३७ रनको ओपनिंग साझेदारी गरेका थिए। पाँचौ र छैठौं ओभरमा कुशल र रोहित आउट भए। तेश्रो विकेटको लागि आसिफ र दिपेन्द्रले ३८ रन जोडे। १२ औं ओभरमा सिमो कमियाले आसिफ शेख संगै आरिफ शेख र दिलिप नाथको विकेट लिंदै पपुवा न्यु गिनीलाई खेलमा फर्काए। त्यसपछि दिपेन्द्रले आदीलसंग ३२ रन जोडे। अन्तिम ३ ओभरमा दिपेन्द्र र करनले अविजित रहँदै सातौँ विकेटको लागि १८ बलमा ५४ रनको साझेदारी गरे।

पपुवा न्यु गिनीका बलर सिमो कमियाले सर्वाधिक ३ विकेट ( ४-१-२८-३ ) लिए भने चाड सोपर, कबुवा मोरिया र राइली हेकुरेले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच दिपेन्द्र ऐरी घोषित भए। यस्तै ऐरीनै प्लेयर अफ द सिरिज समेत घोषित भए। ऐरीले ५ खेलमा २७८ रन बनाउनुको साथै ७ विकेट समेत लिए।

सिरिज अन्तर्गत लिग चरणमा नेपालले सबै ४ खेलमा जित दर्ता गर्दै फाइनल प्रवेश गरेको थियो।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]