दबाबमा दीपेन्द्र र करणको सानदार साझेदारी, नेपालको चुनौतिपूर्ण योगफल

त्रिकोणात्मक ट्वान्टी २० शृंखला अन्तर्गतको फाइनल खेलमा हाल घरेलु टोलि नेपाल र पपुवा न्यु गिनी फाइनल खेलमा उपाधिको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारि खेलमा टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको छ ।

नेपालको ब्याटिंगतर्फ दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकाको मद्धतमा सर्वाधिक ५४ रन बनाए । यस्तै, करण केसीले १२ बलमा ५ चौका र १ छक्काको मद्धतमा अविजित ३३, ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमशः २५ र २९ तथा मोहम्मद आदील आलमले १५ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रण बनाउन सकेनन् ।

ओपनर कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गरे । पाचौं ओभरमा भुर्तेललाई काबुवा मोरेले लिगा सियाकाबाट क्याच आउट गराए । लगत्तै ओभरमा रोहित पौडेललाई पनि रिले हेकुरेले आउट पारेपछि आसिफले तेस्रो विकेटको लागि दीपेन्द्रसिंह ऐरीसँग ३८ रनको साझेदारी गर्दै नेपालको इनिंग्स सम्हाले ।

१२ औं ओभरमा सेमो कामियाले ३ विकेटसहित मेडन ओभर गर्दै नेपाललाई दबाबमा ल्याए । उनले दाजुभाई आशिफ र आरिफ तथा दिलिप नाथलाई आउट बनाएका थिए । मोहम्मद आदील आलमलाई पनि चाड सोपरले पेभेलियन फर्काए । त्यसपछि दीपेन्द्रले करण केसीसँग अविजित ५४ रनको साझेदारी गर्दै नेपाललाई चुनौतिपूर्ण योगफलतर्फ डोर्याए ।

पपुवा न्यु गिनीको बलिंगतर्फ सेमो कामियाले ४ ओभरमा १ मेडनसहित २८ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । चाड सोपर, काबुवा मोरिया र रिले हेकुरेले समान १ विकेट लिए ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]