जिम्बाब्वे ‘ए’ टिमले नेपालमा सिरिज खेल्ने

२०७८ चैत्र २२, मंगलवार ०७:३०

Sandeep Lamichhane bowling

नेपाली राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र जिम्बाब्वे ‘ए’ टिमसंग टि-ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुर बहादुर चन्दले सोमबार नेपाल, मलेसिया र पपुवा न्यु गिनी सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको समापनमा उक्त घोषणा गरेका हुन्।

विकेटनेपाललाई प्राप्त जानकारी अनुसार जिम्बाब्वे राष्ट्रिय क्रिकेटरहरु सम्मिलित टिम अप्रिल ३० तारिख देखि एक साता नेपालमा बस्नेछ। त्यस क्रममा दुई देशले तिन वटा टि-ट्वान्टी र तिनवटै एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्ने बताईएको छ। अधिकारिक रुपमा सिरिजको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

जिम्बाब्वेको प्रमुख टिम नहुनाले सिरिज टि-ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय मन्यता प्राप्त हुनेछैन। सिरिजले लिस्ट ‘ए’ र टि-२० मान्यता पाउनेछ।

नेपाली क्रिकेट टिमले विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिज अमेरिका र ओमानसंग जुन ७ देखि १४ तारिखसम्म खेल्ने तालिका छ। जिम्बाब्वे ‘ए’ संगको सिरिज नेपालको तयारीको हिसावले महत्वपूर्ण मानिएको छ।

क्यानले मे महिनामा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको पनि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने बताएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy