जिम्बाब्वे ‘ए’ टिमले नेपालमा सिरिज खेल्ने

Sandeep Lamichhane bowling

नेपाली राष्ट्रिय क्रिकेट टिमले टेस्ट राष्ट्र जिम्बाब्वे ‘ए’ टिमसंग टि-ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुर बहादुर चन्दले सोमबार नेपाल, मलेसिया र पपुवा न्यु गिनी सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको समापनमा उक्त घोषणा गरेका हुन्।

विकेटनेपाललाई प्राप्त जानकारी अनुसार जिम्बाब्वे राष्ट्रिय क्रिकेटरहरु सम्मिलित टिम अप्रिल ३० तारिख देखि एक साता नेपालमा बस्नेछ। त्यस क्रममा दुई देशले तिन वटा टि-ट्वान्टी र तिनवटै एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज खेल्ने बताईएको छ। अधिकारिक रुपमा सिरिजको खेल तालिका भने सार्वजनिक गरिएको छैन।

जिम्बाब्वेको प्रमुख टिम नहुनाले सिरिज टि-ट्वान्टी र एकदिवसीय अन्तर्राष्ट्रिय मन्यता प्राप्त हुनेछैन। सिरिजले लिस्ट ‘ए’ र टि-२० मान्यता पाउनेछ।

नेपाली क्रिकेट टिमले विश्वकप लिग-२ अन्तर्गत आगामी सिरिज अमेरिका र ओमानसंग जुन ७ देखि १४ तारिखसम्म खेल्ने तालिका छ। जिम्बाब्वे ‘ए’ संगको सिरिज नेपालको तयारीको हिसावले महत्वपूर्ण मानिएको छ।

क्यानले मे महिनामा नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको पनि अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्ने बताएको छ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]