रुपन्देहीद्वारा मलेसिया-११ स्तब्ध, बसिरको अलराउण्ड प्रदर्शन

मलेसिया राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरिरहेको मलेसिया क्रिकेट-११ लाई ६ विकेटले पराजित गर्दै रुपन्देही क्रिकेट संघ-११ ले प्रो-क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

भैरहवा स्थित सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा मलेसियाले दिएको १३२ रनको लक्ष रुपन्देहीले ४ बल बाँकी रहँदै ४ विकेट गुमाएर भेटायो। खेलको स्कोरकार्ड 

लक्ष पछ्याउने क्रममा रुपन्देही-११ का ओपनर प्रज्वल थापाले सर्वाधिक ३८ रन, बसिर एहमदले अविजित २७ रन, सन्दिप रजालीले अविजित २४ रन तथा देव खनालले २२ रन बनाए।

लक्ष पछ्याउदा ओपनर प्रज्वल र देवले ५२ रनको ओपनिंग साझेदारी गरे। त्यसपछि लगातार विकेट गुमाएको अवस्थामा पाँचौ विकेटको लागि अविजित ४२ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। बसिरले १८ बलमा ४ चौका तथा रजालीले १४ बलमा २ चौका र २ छक्का प्रहार गरे।

मलेसियाका बलर भिरनदिप सिंहले २ तथा मुहम्मद अमिर र सयद अजिजले १/१ विकेट लिए।


टस जितेर ब्याटिंग गरेको मलेसियाले १९.५ ओभरमा १३१ रनमा सबै विकेट गुमायो। उसको लागि ओपनर भिरनदिप सिंहले सर्वाधिक ६६ रन , शर्भीन मुनिएन्डीले २८ तथा सयद अजिजले २५ रन बनाए।

रुपन्देहीको बलिंगमा कप्तान कृष्ण कार्कीले ३ तथा बसिर एहमदले २ विकेट लिए। अनिल खरेल, दुर्गेश गुप्ता र बिक्रम भुसालले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच अलराउण्ड प्रदर्शन गरेका बसिर एहमद चुनिए।

खेलको स्कोरकार्ड 

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र मलेसियाका ८ टिम सहभागी छन् जसलाई दुई समुहमा बिभाजन गरिएको छ।

समुह ‘ए’ मा रुपन्देही क्रिकेट संघ-११, मलेसिया-११, नेपाल पुलिस क्लब र पुश स्पोर्ट्स दिल्ली छन्। समुह ‘बि’ मा नेपाल आर्मी, शशस्त्र प्रहरी बल, उत्तर प्रदेश-११ र ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी ढाका छन्। समुह चरणमा सबै टिमले एक अर्कासंग १-१ खेल खेलेपछि समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्।

एभरेस्ट प्रिमियर लिग आयोजना गर्दै आएको जोहरा स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगिता अप्रिल १६ तारिखसम्म संचालन हुनेछ।





थप समाचार

ग्रीनको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाको जित

काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको अलराउन्ड प्रदर्शनको सहयोगमा अस्ट्रेलियाले स्कटल्याण्डसँगको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा […]

स्कटल्यान्डविरुद्धको सिरिज एक खेल अगावै अस्ट्रेलियालाई

काठमाडौं – ३ खेलको टि२० सिरिजका लागि स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले एक खेल अगावै सिरिज जितेको छ । दोस्रो टि‌२० […]

अभ्यास खेलमा नेपाल ५ विकेटल पराजित

आईसीसी विश्वकप लिग-२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम तेश्रो एकदिवसीय अभ्यास खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाडसंग ५ […]

एनपीएल : ३ करोड ५७ लाखमा पोखरा फ़्रेन्चाइज् बिक्यो

मङ्सिर १५ देखि पुष ६ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाइज टिम मालिकहरूको टुंगो लागेको छ । नेपाल […]

स्कटल्यान्डमाथि अस्ट्रेलियाको सानदार जित

काठमाडौं । तीन खेलको टि२० सिरिजका लागि स्कटल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा सानदार जित हात पारेको छ । स्कटल्यान्डमा […]

भदौ २२ देखि केएफसी टि-टेन कर्पोरेट सिजन-२

काठमाडौं – एरोज सोलुसन प्रा. लि. को स्पोर्ट्स म्यानेजमेन्ट शाखा गेटसेटगेमले आगामी भदौ २२ गतेदेखि काठमाडौंको चुनिखेल, कपनस्थित रोयल स्पोर्ट्स […]