आर्मी समुह विजेताको रुपमा सेमीफाइनलमा

उत्तर प्रदेश-११ लाई ७ विकेटले पराजित गर्दै विभागीय टोलि नेपाल आर्मी क्लब भैरहवामा जारि प्रो-क्लब च्याम्पियनसिपको समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल पुगेको छ। आर्मीले समुह चरणमा सबै तिन खेल जित्यो।

हारका बाबजुद उत्तर प्रदेश-११ समुह उपविजेताको रुपमा सेमीफाइनल पुग्यो। एपीएफ र ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी ढाका समुह चरणबाट बाहिर भएका छन्।

स्कोरकार्ड , अंकतालिका

सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा उत्तर प्रदेश-११ ले दिएको ११९ रनको लक्ष्य आर्मीले १८.४ ओभरमा ३ विकेट क्षेतीमा भेटायो। आर्मीको लागि रोहित पौडेलले सर्वाधिक ३० रन, भिम शार्कीले अविजित २६ रन, सन्तोष कार्कीले २० तथा हरि बहादुर चौहानले १६ रन योगदान दिए।

टस हारेर ब्याटिंग गरेको उत्तर प्रदेशले २० ओभरमा ९ विकेट क्षेतीमा ११४ रन बनाएको थियो। उसको लागि शुभम चौधरीले २७, नितिन राम र राज यादवले समान २१ रन तथा सन्नी सिंहले १९ रन योगदान दिए।

आर्मीका बलर सुशन भारि, जितेन्द्र मुखिया र हरि चौहानले २/२ विकेट तथा शाहब आलमले १ विकेट लिए।





थप समाचार

नेपालले पहिले बलिङ गर्ने, आरिफ बेन्चमा

काठमाडौं । नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । । नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ रोजेका […]

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेईङ-११

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र […]

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको सिरिज बराबरी 

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको टि२० आई सिरिज बराबरीमा सकिएको छ । ३ खेलको टि२० आई सिरिजका लागि इङ्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले […]

नेपाल र क्यानडा खेल्दै

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग खेल्दैछ । नेपाल र क्यानडाबीचको खेल […]

मधेश प्रदेश क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न

३० भाद्र, बिरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभामा बिरगंजको पर्सामा सम्पन्न भएको छ । कार्यक्रममा मधेश […]

पोखरा एभेन्जर्सको लोगो परिवर्तन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी पोखरा एभेन्जर्सले लोगो परिवर्तन गरेको छ । एभेन्जर्सले सामाजिक सन्जालमार्फत लोगो परिवर्तनको […]