आर्मी समुह विजेताको रुपमा सेमीफाइनलमा

उत्तर प्रदेश-११ लाई ७ विकेटले पराजित गर्दै विभागीय टोलि नेपाल आर्मी क्लब भैरहवामा जारि प्रो-क्लब च्याम्पियनसिपको समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल पुगेको छ। आर्मीले समुह चरणमा सबै तिन खेल जित्यो।

हारका बाबजुद उत्तर प्रदेश-११ समुह उपविजेताको रुपमा सेमीफाइनल पुग्यो। एपीएफ र ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी ढाका समुह चरणबाट बाहिर भएका छन्।

स्कोरकार्ड , अंकतालिका

सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा उत्तर प्रदेश-११ ले दिएको ११९ रनको लक्ष्य आर्मीले १८.४ ओभरमा ३ विकेट क्षेतीमा भेटायो। आर्मीको लागि रोहित पौडेलले सर्वाधिक ३० रन, भिम शार्कीले अविजित २६ रन, सन्तोष कार्कीले २० तथा हरि बहादुर चौहानले १६ रन योगदान दिए।

टस हारेर ब्याटिंग गरेको उत्तर प्रदेशले २० ओभरमा ९ विकेट क्षेतीमा ११४ रन बनाएको थियो। उसको लागि शुभम चौधरीले २७, नितिन राम र राज यादवले समान २१ रन तथा सन्नी सिंहले १९ रन योगदान दिए।

आर्मीका बलर सुशन भारि, जितेन्द्र मुखिया र हरि चौहानले २/२ विकेट तथा शाहब आलमले १ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy