IPL : कोलकाता बिरुद्ध हैदरावादको शानदार जित

२०७९ बैशाख २, शुक्रबार २३:३३

कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग ( आईपीएल ) अंकतालिकाको सातौँ स्थानमा उक्लेको छ।

मुम्बईको ब्राबर्न स्टेडियममा कोलकाताले दिएको १७६ रन लक्ष हैदरावादले १३ बल बाँकी रहँदै ३ विकेट क्षतिमा भेटायो।

हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ तथा एडेन मारक्रमले अविजित ६८ रन बनाए। त्रिपाठीले ३७ बलमा ४ चौका र ६ छक्का तथा मारक्रमले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।

ओपनर अभिषेक शर्मा र केन विलियमसन छिट्टै आउट हुँदा दबाबमा राहुल त्रिपाठी र एडेन मारक्रमले तेश्रो विकेटको लागि ९४ रनको साझेदारी गर्दै जितको आधार तयार गरे। त्रिपाठीको विकेट पछि मारक्रमले निकोलस पुरनसंग ४३ रनको साझेदारी गरे। कोलकाताका बलर आन्द्रे रसेलले २ तथा प्याट कमिन्सले १ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको कोलकाताले २० ओभरमा ८ विकेट क्षतिमा १७५ रन बनायो। उसको लागि नितिश रानाले ५४, आन्द्रे रसेलले ४९ तथा श्रेयस ऐयरले २८ रन योगदान दिए। रसेलले मात्र २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

हैदरावादको बलिंगमा टि नटराजनले ३ ( ४-०-३७-३ ) विकेट लिंदा उम्रान मलिकले २ तथा भुवनेश्वर कुमार, मारको जान्सेन र जे सुचितले १/१ विकेट लिए।

पाँचौ खेलमा तेश्रो जित पछि ६ अंक सहित सनराइजर्स हैदरावाद लिग अंकतालिकाको सातौँ स्थानमा छ। समान अंक रहेका राजस्थान, पन्जाब, कोलकाता, लखनउ र बैंगलोर क्रमशः दोश्रो देखि छैठौं स्थानमा छन्। ६ खेल खेल्दा दोश्रो हार पश्चात पनि कोलकाता ६ अंक सहित दोश्रो स्थानमा यथावत छ।

अंकतालिका 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy