मलेसियालाई हराउदै रुपन्देहीलाई प्रो-क्लब च्याम्पियनसिपको उपाधि, बसिर प्रतियोगिताकै उत्कृस्ट

फाइनलमा मलेसिया क्लब-११ बिरुद्ध ७ विकेटको शानदार जित दर्ता गर्दै रुपन्देही क्रिकेट संघ-११ ले पहिलो संस्करणको प्रो क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि जितेको छ।

सिद्धार्थ रंगशाला भैरहवामा सम्पन्न खेलमा मलेसिया-११ ले दिएको १४१ रनको लक्ष रुपन्देही-११ ले ६ बल बाँकी रहँदै ३ विकेट क्षतिमा भेटायो।

ओपनर देव खनाल १२ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर प्रज्वल थापा र सन्दिप रजालीले शतकीय साझेदारी गर्दै जितको आधार तयार गरे। दुवैले ११२ रनको साझेदारी गरे। प्लेयर अफ द फाइनल घोषित प्रज्वलले ६१ बलमा ८ चौका र २ छक्का मद्दतले ७१ रन बनाए भने रजालीले ४५ बलमा ४ चौका र १ छक्का मद्दतले ४१ रन बनाए।

टस हारेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ६ विकेट क्षतिमा १४० रन बनायो। उसको लागि नज्रिल रहमानले सर्वाधिक ३६, जुबेदी जुल्किफलले २६, सयद अजिजले २० तथा मोहम्मद अमिरले १८ रन बनाए।

रुपन्देहीका बलर बसिर एहमदले २ विकेट लिंदा कृष्ण कार्की, रुपेश कुर्मी, बिक्रम भुसाल र बिशाल बिक्रम केसीले १/१ विकेट लिए।

Basir Ahamad

प्रतियोगिताको उपाधि सहित रुपन्देही-११ ले २ लाख ५० हजार रुपैयाँ र ट्रफी हात पार्यो। उपविजेता मलेसियाले १ लाख र ट्रफी हात पार्यो। तेश्रो भएको उत्तर प्रदेशले ५० हजार रुपैयाँ तथा चौंथो भएको नेपाल आर्मी क्लबले २५ हजार रुपैयाँ हात पार्यो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी बसिर एहमद घोषित भए जसले प्रतियोगिताभर कुल १० विकेट लिनुको साथै ११९ रन समेत बनाए।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]