मलेसियालाई हराउदै रुपन्देहीलाई प्रो-क्लब च्याम्पियनसिपको उपाधि, बसिर प्रतियोगिताकै उत्कृस्ट

फाइनलमा मलेसिया क्लब-११ बिरुद्ध ७ विकेटको शानदार जित दर्ता गर्दै रुपन्देही क्रिकेट संघ-११ ले पहिलो संस्करणको प्रो क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि जितेको छ।

सिद्धार्थ रंगशाला भैरहवामा सम्पन्न खेलमा मलेसिया-११ ले दिएको १४१ रनको लक्ष रुपन्देही-११ ले ६ बल बाँकी रहँदै ३ विकेट क्षतिमा भेटायो।

ओपनर देव खनाल १२ रन बनाएर आउट भएपछि दोश्रो विकेटको लागि अर्का ओपनर प्रज्वल थापा र सन्दिप रजालीले शतकीय साझेदारी गर्दै जितको आधार तयार गरे। दुवैले ११२ रनको साझेदारी गरे। प्लेयर अफ द फाइनल घोषित प्रज्वलले ६१ बलमा ८ चौका र २ छक्का मद्दतले ७१ रन बनाए भने रजालीले ४५ बलमा ४ चौका र १ छक्का मद्दतले ४१ रन बनाए।

टस हारेर ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ६ विकेट क्षतिमा १४० रन बनायो। उसको लागि नज्रिल रहमानले सर्वाधिक ३६, जुबेदी जुल्किफलले २६, सयद अजिजले २० तथा मोहम्मद अमिरले १८ रन बनाए।

रुपन्देहीका बलर बसिर एहमदले २ विकेट लिंदा कृष्ण कार्की, रुपेश कुर्मी, बिक्रम भुसाल र बिशाल बिक्रम केसीले १/१ विकेट लिए।

Basir Ahamad

प्रतियोगिताको उपाधि सहित रुपन्देही-११ ले २ लाख ५० हजार रुपैयाँ र ट्रफी हात पार्यो। उपविजेता मलेसियाले १ लाख र ट्रफी हात पार्यो। तेश्रो भएको उत्तर प्रदेशले ५० हजार रुपैयाँ तथा चौंथो भएको नेपाल आर्मी क्लबले २५ हजार रुपैयाँ हात पार्यो।

प्रतियोगिताको उत्कृस्ट खेलाडी बसिर एहमद घोषित भए जसले प्रतियोगिताभर कुल १० विकेट लिनुको साथै ११९ रन समेत बनाए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy