जिम्बाब्वे ‘ए’ सिरिजको लागि नेपाली टिमको घोषणा ,सुनिल धमलाको पुनरागमन

नेपाल र जिम्बाब्वे ‘ए’ बीच अप्रिल ३० देखि मे ९ तारिखसम्म घरेलु भूमिमा खेलिने एकदिवसीय र टि-ट्वान्टी सिरिजको लागि २३ सदस्यीय टिमको घोषणा गरिएको छ।

घोषित टिममा सुनिल धमलाले लामो समय पछि पुनरागमन गरेका छन्। धमलाले अन्तिम पटक २०१७ मा राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका थिए।  एकदिवसीय फर्म्याटमा धमलाको ब्याटिंग उपयुक्त मानिने गर्छ।

यस्तै तिमा यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका देब्रे हाते स्पिन अलराउण्डर बसिर एहमदले स्थान बनाएका छन्। बसिर भर्खरै भैरहवामा प्रो क्लब च्याम्पियनसिपमा प्रतियोगिताकै उत्कृस्ट खेलाडी घोषित भएका थिए जुन क्रममा उनले १० विकेट लिनुको साथै ११९ रन पनि बनाएका थिए। यस्तै तिब्र गति बलर किशोर महतोले पनि टिममा स्थान पाएका छन्। यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका महतो घरेलु क्रिकेटमा एपीएफ क्लबको प्रतिनिधित्व गर्ने गर्छन।

मलेसिया र नेदरल्याण्ड सिरिजमा खराब प्रदर्शन गरेका विकेटकिपर ब्याट्सम्यान अनिल साह र दिलिप नाथलाई भने टिममा राखिएको छैन। विकेटकिपरको रुपमा बिनोद भण्डारीले टिममा पुनरागमन गरेका छन्। देब्रे हाते स्पिनर सुशन भारि, शाहब आलम र सागर ढकाल टिममा छन्। देव खनाल, भिम शार्की, आदील अन्सारी, लोकेश बम र बिबेक यादव जस्ता युवा खेलाडीले टिममा निरन्तरता पाएका छन्।

नेपाली टिम : सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, बिनोद भण्डारी, करन केसी, सोमपाल कामि, देव खनाल, सागर ढकाल, बिक्रम सोब, किशोर महतो, आदील अन्सारी, भिम शार्की, सुशन भारि, पवन सर्राफ, अविनाश बोहरा, बसिर एहमद, लोकेश बम, बिबेक यादव, शाहब आलम, सुनिल धमला

जिम्बाब्वेसंग एकदिवसीय सिरिज अप्रिल ३०, मे २ र मे ४ तारिखमा खेलिनेछ। यस्तै टि-ट्वान्टी सिरिज मे ६, मे ७ र मे ९ तारिखमा खेलिनेछ।





थप समाचार

ऐरी र रोहितको उत्कृस्ट प्रदर्शनमा नेपालद्वारा अमेरिका पराजित

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलिसंगको तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा विजयी सुरुवात गरेको छ। नेपाल र अमेरिका विच खेलिएको […]

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]