पब्लिक युथ टियु बिबिए कपको फाइनलमा

२०७९ बैशाख २२, बिहीबार २०:१५

सेमीफाइनलमा सरस्वति क्याम्पसलाई पराजित गर्दै आयोजक पब्लिक युथ क्याम्पसले पीवाईसी टियु बिबिए कपको फाइनलमा काठमाडौं कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीसंग ( केसीएमआईटि ) को भेट पक्का गरेको छ।

उपाधिको लागि पब्लिक युथ र केसीएमआईटि शुक्रबार प्रतिस्पर्धा गर्नेछन्। १० बजे सुरु हुने खेलको विकेटनेपालमा प्रत्यक्ष प्रशारण हुनेछ।

मुलपानी मैदानमा सम्पन्न खेलमा पब्लिक युथले दिएको १७३ रनको लक्ष पछ्याएको सरस्वतिले १५.४ ओभरमा १०५ रन मात्र बनायो। पब्लिक युथका बलर मौसम क्षेत्री एक्लैले ५ विकेट लिए भने दिवश भट्टराईले २ तथा रबिन साउद र सुनिल थापाले १/१ विकेट लिए। सरस्वतिको ब्याटिंगमा राम किशोर सिंहले २८ तथा दिपेश अधिकारी र गोबिन्द कुमार सिंहले समान १७ रन योगदान दिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पब्लिक युथले २० ओभरमा ८ विकेट क्षतिमा १७२ रन बनायो। उसको लागि ओपनर रोबिन साउदले सर्वाधिक ५२ रन योगदान दिए। सुनिल थापाले ३१, सुशान्त सिंहले २५, इर्शाद अलिले १७ तथा मोहम्मद अन्बुरुल हकले १५ रन योगदान दिए। सरस्वतिका बलर दिपेश अधिकारी र गोबिन्द कुमार सिंहले २/२ विकेट लिए।

प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै बिभिन्न विधामा उत्कृस्ट चुनिने खेलाडीहरु तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy