पब्लिक युथ टियु बिबिए कपको फाइनलमा

सेमीफाइनलमा सरस्वति क्याम्पसलाई पराजित गर्दै आयोजक पब्लिक युथ क्याम्पसले पीवाईसी टियु बिबिए कपको फाइनलमा काठमाडौं कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फर्मेसन टेक्नोलोजीसंग ( केसीएमआईटि ) को भेट पक्का गरेको छ।

उपाधिको लागि पब्लिक युथ र केसीएमआईटि शुक्रबार प्रतिस्पर्धा गर्नेछन्। १० बजे सुरु हुने खेलको विकेटनेपालमा प्रत्यक्ष प्रशारण हुनेछ।

मुलपानी मैदानमा सम्पन्न खेलमा पब्लिक युथले दिएको १७३ रनको लक्ष पछ्याएको सरस्वतिले १५.४ ओभरमा १०५ रन मात्र बनायो। पब्लिक युथका बलर मौसम क्षेत्री एक्लैले ५ विकेट लिए भने दिवश भट्टराईले २ तथा रबिन साउद र सुनिल थापाले १/१ विकेट लिए। सरस्वतिको ब्याटिंगमा राम किशोर सिंहले २८ तथा दिपेश अधिकारी र गोबिन्द कुमार सिंहले समान १७ रन योगदान दिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पब्लिक युथले २० ओभरमा ८ विकेट क्षतिमा १७२ रन बनायो। उसको लागि ओपनर रोबिन साउदले सर्वाधिक ५२ रन योगदान दिए। सुनिल थापाले ३१, सुशान्त सिंहले २५, इर्शाद अलिले १७ तथा मोहम्मद अन्बुरुल हकले १५ रन योगदान दिए। सरस्वतिका बलर दिपेश अधिकारी र गोबिन्द कुमार सिंहले २/२ विकेट लिए।

प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ तथा उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै बिभिन्न विधामा उत्कृस्ट चुनिने खेलाडीहरु तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]